भक्तपुरमा मध्यराती कार दुर्घटना, एक युवतीकाे मृत्यु

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।आइतबार बिहान पौने १ बजे मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारमा कार पल्टिएको हो।

भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा. ८ च. ४७५६ नम्बरको कार अनियन्त्रित भइ सडकको रेलिङमा ठक्किएर पल्टिएको हो।

कार पल्टिएर विपरिततिरको लेनमा पुगेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।कौशलटारको प्रवीण पेट्रोल पम्पमा कार दुर्घटना भएको भन्ने खबर महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पाएको थियो।

तत्कालै महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले सडक किनारमा ३० वर्षीया महिला अचेत अवस्थामा फेला पारेको थियो।

प्रहरीले उनलाई मध्यपुर ठिमी अस्पताल पुर्‍याएको थियो। तर चिकित्सकहरूले अस्पताल पुग्दा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

मृत्यु हुने काठमाडौं-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठ हुन्। प्रहरीका अनुसार कारमा रियासहित चार जना सवार थिए।

लोकन्थीका कार चालक २६ वर्षीय रञ्जित कार्की, राधेराधेका २६ वर्षीय विजय देउजा र सुर्यविनायक नगर-४ गाम्चाका २७ वर्षीय सुदीप थापा कारमा सवार थिए।

‘उनीहरू साथी भएको बुझिएको छ,’ प्रहरी नायब उपरीक्षक गिरीले भने।

बाँकी तीनै जनाकाे अवस्था सामान्य छ।

‘राति हामीले ती महिलालाई मात्रै फेला पार्‍यौं। अरू थिएनन्। अरू आज बिहानमात्रै प्रहरीको सम्पर्कमा आए,’ प्रहरी नायब उपरीक्षक गिरीले भने,’तीनै जनामाथि सोधपुछ गरिरहेका छौं।’

प्रहरीले चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv