तल्लो पेट दुखेर अस्पताल पुगेका पुरुषकाे जाँच गर्दा बाहिरियाे दुर्लभ घटना

काठमाडौ । ब्राजिलको साओ पाउलोमा एक व्यक्ति तीन मिर्गौलाका साथ जिउँदो छन् । जो अहिले सामान्य रूपमा काम गरिरहेका छन् । यो कुरा तब बाहिर आयो जब ति व्यक्तिको तल्लो पेटर दुखेर उनी अस्पताल चेकजाँचकालागी गएका थिए । उनको पटेमा तीनओटा मृगौला देखेर डक्टर नै तर्सिएका थिए ।
जानकारी अनुसार ३८ वर्षीय ति व्यक्ति डाक्टर कहाँ गएका थिए । उनलाई त्यहाँ सीटी स्क्यान गर्न सल्लाह दिइयो । स्क्यान रिपोर्टले तीन मिर्गौला भएको कुरा पुष्टि गर्यो । अनुसन्धानले स्लिप डिस्क समस्या पत्ता लगायो र उपचार गरियो । न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार ति व्यक्ति ब्राजिलको राजधानी साओ पाउलोका हुन् ।

अस्पतालमा स्लिप डिस्कको उपचार पछि उनलाई डिस्चार्ज गरियो । डाक्टरहरूले बिरामीको शरीरमा कुनै मिर्गौला सम्बन्धी समस्याहरू फेला पारेनन् । यो कुरा थाहा पाए पछि डाक्टरहरू पनि छक्क परे । विश्वमा सामान्य रुपमा हेर्दा मान्छेका दुई मिर्गौला हुन्छन् ।

डाक्टरहरूका अनुसार यो दुर्लभ घटना हो । यो अवस्था तब हुन्छ जब एक मिर्गौला गर्भावस्थामा भ्रुणको विकासको क्रममा दुई भागमा विभाजित हुन्छ । तिनीहरूले कुनै असामान्य लक्षण देख्दैनन्, त्यसैले उनीहरूलाई थाहा हुँदैन कि शरीरमा यस्तो केहि भयो । कुनै पनि प्रकारको अनुसन्धान वा दुर्घटना भएको खण्डमा यो पत्ता लाग्छ ।

प्रतिवेदनमा डाक्टरहरूले भने कि त्यस व्यक्तिलाई कुनै पनि किसिमको किडनी उपचारको आवश्यकता पर्दैन । उसलाई केवल ढाड दुखेको पेनकिलर दिइएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ । यो विश्वमा भएका एकदम दुर्लभ घटनाहरुमा एक हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv