सगरमाथाको उचाई बढ्यो नेपाल र चीनले गरे औपचारीक घोषणा

सगरमाथाको नयाँ उचाई कायम भएको छ । यस अघि कायम भएको उचाई भन्दा अहिले केही बढेको छ । नयाँ उचाई ८ हजार ८ सय ४८। ८६ मिटर कायम भएको छ । नेपाल र चीनले मंगलवार संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेका छन्। सगरमाथाको उचाई झन्डै १ मिटर थपिएको दुई देशबाट भएका बेग्लाबेग्लै सर्बेले देखाएको हो।

६६ वर्षपछि सगरमाथाको नयाँ उचाई रेकर्ड भएको हो। नेपालले पहिलो पटक आफैले सगरमाथाको उचाई नापेको हो । दुई वर्ष लगाएर सन् १९५४ मा सर्बे अफ इन्डियाले सगरमाथाको उचाई लिएको थियो। त्यतिखेरको सर्बेमा ८ हजार ८ सय ४८ मिटर कायम थियो। नेपालले सोही उचाईलाई अहिले सम्म मान्दै आएको थियो ।

नापी विभागमा आज आयोजित कार्यक्रममा नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन्। ६६ वर्षपछि नेपालले पहिलो पटक आफैँले सगरमाथाको उचाईको सर्बे गरेको हो। नापी विभागले यसको नेतृत्व गरेको थियो।

दुई देशको सर्बेमा एकै उचाई देखिएपछि आज सगरमाथाको नयाँ उचाई कायम गरिएको हो। केही महिना अघि नै सर्वेको काम सकिएको भएपनि दुवै देशले संयुक्त रुपमा औपचारीक घोषणा गर्ने योजना अनुसार मंगलवार घोषणा गरिएको हो । मन्त्रीपरिषदमा उचाई थपिएको जानकारी गराइएको भएपनि कति थपिएको छ भन्ने कुराको जानकारी मन्त्रीहरुलाई पनि दिइएको थिएन ।

फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागकै जनशक्तिबाट नेपालकै प्रयोगशालामा प्रशोधन तथा मिराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम तय भएको हो। नेपालका नापी अधिकृतले २ वर्ष लगाएर सगरमाथाको मापन गरेका हुन्।

सर्वोच्च चुचुरोको नयाँ उचाई सार्वजनिक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थिति थियो। चीनका विदेश मन्त्री वाङ यी पनि भर्चुअल रुपमा समारोहमा जोडिएका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv