रिडी हाइड्रोपावरको साधारणसभाः ५ प्रतिशत लाभांश पारित

काठमाण्डौं,मङ्सिर २६ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्नेलगायतका एजेन्डासमेत छलफल गरी पारित गरेको छ । कम्पनीले पारित गरेको लाभांश मंसिर १५ गतेसम्म कायम सेयरधनीले पाउने छन् ।

रिडी हाइड्रोपावर जलविद्युत तथा ऊर्जाका अन्य आयोजनाहरु विकास, निर्माण र संचालन गर्न उद्देश्यले नेपालीहरुको लगानी भएको कम्पनी हो । यस कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि संचालन गरिरहेको छ । कम्पनीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ८.५ मेगावाट क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ कात्तिक १५ गतेदेखि व्यवसायित उत्पादन गरिरहेको छ । रैराङ हाइड्रोपावर डेभल्पमेण्ट कम्पनीले निर्माण गरेको इवाखोला जलविद्युत आयोजनामा समेत यस कम्पनीको २५५ (१४ करोड) शेयर लगानी रहेको छ । आगामी आ.व. वर्षहरुमा कम्पनीको बुटवल सोलार आयोजनाको विद्युत बिक्री आम्दानी तथा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रदान गर्ने लाभांश समेत प्राप्त गर्ने हुँदा कम्पनीको आयमा वृद्धि भई आफना शेयरधनीहरुलाई दिने लाभांशमा पनि वृद्धि हुने कम्पनीको दावी छ । कम्पनीले रिडीखोलाको व्यावासायीक उत्पादन पश्चात् हरेक वर्ष शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv