अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ – नारायणकाजी श्रेष्ठ ( नेता, प्रबक्ता – नेकपा )

काठमाण्डौं,मङ्सिर ३० । सरकारले संबैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछी चौतर्फ्री बिरोध भएको छ ।

२ तिहाईको सरकार त्यसमा पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रुपमा ल्याएको अध्यादेश स्विकार्य नहुने र फिर्ता गर्नु पर्ने भन्दै नेकपा कै अर्का अध्यक्ष पुष्प कमल दहाल प्रचन्ड र नेता ,नेकपा प्रबक्ताका नारायण काजी श्रेष्ठले बिरोध गर्नु भएको छ ।

वहाँ भन्नु भएको छ “सरकारले पुनः संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको छ । यो सारत: यस अघि जारी गरेर फिर्ता गरिएकै अध्यादेश हो।त्यसबेला हाम्रो पार्टी ,प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक पार्टी हरु र नागरिक समाजले अलोकतान्त्रिक कदम भन्दै बिरोध गरी फिर्ता लिन व्यापक दवाव दिएपछि सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो । अहिले सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजीक आईसकेको छ। यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढङ्गबाट अध्यादेश ल्याउनु गलत छ । तसर्थ अध्यादेश तत्काल फिर्ता लिनु पर्दछ । ”

( अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी थिएन र जारी गरिएपछि पार्टीमा कुनै छलफल भएको छैन । भोलिको स्थायी कमिटीको बैठकमा छलफल होला । तसर्थ अहिले यो मेरो नीजि बिचार हो ) बताउनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv