डडेल्धुरामा भेन्टिलेटर सहितको आइसियु उपचार सेवा सुरु

डडेल्धुरा,पुष ४ । डडेल्धुरा अस्पताल डडेल्धुरामा भेन्टिलेटरसहित मेडिकल आइसियु उपचार सेवा सुरु भएको छ। अस्पतालले शुक्रबारदेखि पाँच शय्याको मेडिकल आइसियु र चारवटा भेन्टिलेटरसहितको उपचार सेवा बिस्तार गरेको हो।

संघीय सरकारको बजेटमा १५ शय्याको आइसियु सञ्चालन गर्ने भनिए पनि भवन अभावका कारण हाललाई पाँच शय्याको मात्र सेवा सुरु गरेको अस्पतालका एनेस्थेसियोलोजी तथा क्रटिकल केयरका प्रमुख डा. तीर्थराज भण्डारीले जानकारी दिए ।

अस्पतालले एक साताभित्र ६ शय्याको आइसियु थप गर्ने तयारी थालेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजन शाहले बताए। जसमा तीनवटा कोरोना विशेष बिरामीका लागि र तीनवटा पोष्टप केयरका लागि सर्जिकल आइसियु थप हुने छ। पाँच शय्याको आइसियु सञ्चालनका लागि अस्पतालले तालिम प्राप्त चार स्टाफ नर्स, तीन मेडिकल अफिसर थप गरेको छ।

आइसियुमा उपचारको मूल्य भने सरकारी अस्पतालहरुले लिए बराबर नै तोकिने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए। संघीय सरकारले आइसियु सेवा विस्तारका लागि तीन करोड रुपैयाँ उपलब्ध गराएको थियो। सुदूरपश्चिमका पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा अस्पतालमा आइसियु सेवा सञ्चालन भएसँगै पहाडी सातवटा जिल्लाका बिरामीलाई उपचारका लागि तराईका जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ। यसअघि आइसियू सेवा सञ्चालन नहुँदा यस क्षेत्रका बिरामीहरु धनगढी, नेपालगञ्ज सहित भारतका विभिन्न अस्पतालमा रेफर हुने गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv