सर्वोच्च बार एशोसियसनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी

सर्वोच्च अदालत बार एशोसियसनको ३३ औ कार्यसमितिको निर्वाचनमा पूर्णमान शाक्यको समूह बहुमत पदाधिकारीसहित विजयी भएको छ । लोकतान्त्रिक कानून व्यवसायी संगठन (डिएलए)का तर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता प्रा. पूर्णमान शाक्यले २९५ भोट ल्याएर विजयी बनेका हुन् । उनका प्रतिद्धन्दी कानून व्यवसायी संगठन एनएलएका वरिष्ठ अधिवक्ता रबिनारायण खनालले २५० भोट पाएका छन् ।

त्यसै गरी उपाध्यक्षमा एनएलएका अधिवक्ता मुकुन्द प्रसाद पौडेलले २८४ मत ल्याएर विजयी बनेका छन् । भने उनका प्रतिद्धन्दी अधिवक्ता नमराज रिजालले २५४ मत प्राप्त गरेका छन् । सचिवमा डिएलएका अधिवक्ता ऋषिराम घिमिरेले ३१६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एनएलएकी अधिवक्ता अन्जिता खनालले २२४ मत प्राप्त गरेकी छन् । त्यसैगरी सहसचिवमा डिएलएकी अधिवक्ता सर्मिला श्रेष्ठले २८० मत प्राप्त गरिन् । उनकी प्रतिद्वन्दी एनएलएकी अधिवक्ता शोभा कार्कीले २५९ मत प्राप्त गरिन् ।

कोषध्यक्षमा पनि डिएलएकै अधिवक्ता विनोद कुमार कार्कीले २७४ मत ल्याएर विजयी बने भने उनका प्रतिद्वन्दी अधिवक्ता श्याम कुमार खत्रीले २६० मत पाए । महिला सदस्यमा डिएलएकी अधिवक्ता अमिता गौतम पौडेलले २९१ मत प्राप्त गरी एनएलएकी अधिवक्ता देवी रेग्मीलाई पराजित गरेकी छन् रेग्मीले २०८ मत प्राप्त गरेकी छन् ।
सदस्यहरुमा एनएलएका अधिवक्ता अनन्त कार्कीले २५८ मत, अधिवक्ता अनन्तराज लुइटेलले ३०२ मत, अधिवक्ता तिलक विक्रम पाण्डेले २५६ मत र अधिवक्ता दिप नारायण शाहले ३०३ मत प्राप्त गरी विजयी बने । सदस्यहरुमा अधिवक्ता डिएलएका विकास भट्टराई २७६ मत, अधिवक्ता राजेन्द्र प्रसाद शाह ३१३ मत, अधिवक्ता मिराज श्रेष्ठ ३०५ मत, अधिवक्ता डा. राम हरि त्रिपाठी २६९ मत, र अधिवक्ता निर्मला भण्डारी २७४ मत प्राप्त गरी बिजयी बनिन् ।

त्यसै गरी पराजित हुनेहरुमा एनएलएका अधिवक्ता कृष्ण प्रसाद न्यौपाने २४८ मत, अधिवक्ता रमेश राज शर्मा सिग्देल २०९, अधिवक्ता छबिलाल घिमिरे २२४ मत, अधिवक्ता लेखनाथ भट्टराई २४९ मत, दिल कुमारी राई २५१ मत प्राप्त गरी पराजित बनेका छन् । लोकतान्त्रिक समूहबाट पराजित हुनेहरुमा अधिवक्ता विजय कुमार प्रधान २१९ मत, अधिवक्ता ज्योतिदेव पनेरु १९४ मत, अधिवक्ता ओम कृष्ण श्रेष्ठ २१० मत, अधिवक्ता खडानन्द कण्डेल २२५ मत प्राप्त गरेका छन् ।
डिएलएको भन्दा वामपंथी समर्थक अधिवक्ताहरुका घटिमा २५ मत बढि रहेको भनिएको सर्वोच्च अदालत बार एशोसियसनको निर्वाचनमा पनि एनएलएसँग आवद्ध अधिवक्ताहरुले आफ्ना साथीहरुलाई भोट नदिइ अन्तर्घात गर्न पुगेका छन् । हरिहर दाहाल, प्रेम बहादुर खड्का, विजय मिश्र, यदुनाथ खनाललगायतका बरिष्ठ अधिवक्ताहरु डिएलएले कारबाही गरेको भए पनि निर्वाचनमा त्यो परिवेश लागू भएन ।

एनएलएमा सक्रिय रहेका तर, अन्तर्घात गर्नेहरुमा टिकाराम भट्टराई, गोबिन्द बन्दी, ज्योति बानियाँ, बालकृष्ण ढकाल, लव मैनाली, चण्डेश्वर श्रेष्ठलगायतले वामपंथीहरुलाई मत नदिई लोकतान्त्रिक प्यानलमा भोट हालेको बताइन्छ । हारका कारणहरु मध्ये सत्तामा बसेको नेकपाको छाया पनि वामपंथी कानून व्यवसायीहरुमा पर्न गएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv