खड्काको अन्तिम संस्कार आज

काठमाण्डौं १८ चैत । नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य खुमबहादुर खड्काको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
परिवारको सहमतिमा कांग्रेसले पार्टी केन्द्रीय सदस्यसमेत रहेका खड्काको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कारको तयारी गरेको हो ।

उपचारको क्रममा शुक्रबार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका खड्काको यसअघि उनकै गृह जिल्ला दाङमै दाहास्कार गर्ने तयारी थियो ।

शनिबार राति नयाँ दिल्लीबाट खड्काको पार्थिव शरीर काठमान्डौ ल्याईए पनि आइतबार बिहान ९ देखि १ बजेससम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीका जुझारु र कुशल संगठनकर्ता खड्काप्रति बिहान ११ बजे बस्ने केन्द्रीय समिति बैठकले शोकसहित श्रद्धाञ्जली प्रस्ताव पारित गर्नेछ ।

अपराह्न ३ बजे पशुपति आर्यघाटमा खड्काको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिने केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv