ठकुरी सहयोग संजालद्धारा काठमाण्डौमा नगर कमिटी गठन

काठमाणडौ, पौष ११ । ठकुरी सहयोग संजालले नगर कमिटी गठन गरेको छ । शनिबार काठमाण्डौको आरुबारीमा एक भेलाको आयोजना गरी ११ सदस्सिय समिती गठन गरेको हो ।

ठकुरी एकताका लागी युवा जमात सदैव अगाडि बढ्नु पर्ने अध्यक्ष मल्ल ले भन्नु भयो । हामीले सुदुरपश्चिममा जती ठकुरी एक भई बसेका छन त्यतिनै यस काठ्माण्डौ क्षेत्रमा रहेका ठ्कुरीहरुलाई समेट्न सकेका छैनौ त्यसैले पनि अहिले बेला आएको छ हाम्रो धर्म, गोत्र,भाषा जोगाउन लागि कहिल्यै कृयाशिल हुने । सबै जातजातिको आ-आफ्नै पहिचान छ । हाम्रो पहिचान हामीले नै जोगाउनु पर्छ । भन्नु भयो । त्यस्तै संजालको उदेश्य र कमिटी गठन बारे बरिष्ठ सल्लाहकार किरण शाह ले प्रकाश पार्नु भयो ।

संजालको नगर कमिटिमा अध्यक्ष प्रेम शाही ठकुरी,उपाध्यक्ष – शारदा शाही ठकुरी ,सचीव -हेम बहादुर शाही ठकुरी कोषाध्यक्ष – अर्जुन शाही ठकुरी, सदस्यहरू -शिव हरि शाही ठकुरी ,हरि कृष्ण शही ठकुरी , मिना शाही ठकुरी , सुशील ठकुरी लाई मनोनयन गरिएको छ ।

कार्यक्रममा संजालका केन्द्रिय अध्यक्ष अजय मल्ल ठकुरी, महासचिव अभिषेक जङ शाह , बरिष्ठ सल्लाहकार किरण शाह , बिष्णु ठकुरी लगायत करिब ३० जनाको उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv