प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा तीन दिनदेखि आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाण्डौं,पौष ११ । नेपालकै शक्तिपीठ मानिने प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ ।

पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको छ। यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। ‘आगो नियन्त्रण सम्भव छैन’उनले भने। उनका अनुसार एकातर्फबाट बढेको आगो मन्दितर्फ बढ्दै गएको छ भने अर्कोतर्फको आगोले मन्दिर जाने बाटो भेट्न लागेको छ ।

आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए । यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv