नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२० सम्पन्न

काठमाडौं, पौष ११ । पावर ईन्टरनेशनल मिडियाको प्रस्तुति रहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२० शनिबार राजधानीमा एक समारोहबीच सम्पन्न भएको छ । सबैभन्दा धेरै भाषा भाषीका कलाकारहरूको सहभागितामा हरेक बर्ष सम्पन्न हुने यो यो तेस्रो संस्करणको कार्यक्रम हो ।

सुचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ सङ्गीतकार शम्भूजित बासकोटा, सुदूर पश्चिम प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसे, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, कलकार उत्तम केसी, अछाम रामारोशन गा.पा. की उपाध्यक्ष सरस्वती रावल, ओम समाज डेन्टल अस्पतालका डा. सुवास घिमिरे, सान्ताज व्यूटि पार्लरकी शान्ता थापा, सर्वाङ अस्पतालका शुशिल खनाल, गीतकार एवम् पत्रकार शान्तिप्रिय, पत्रकार विजय रत्न तुलाधर, नायक श्रीदेव भट्टराईलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कुल ५२ विधाका लागी ७१ वटा अवार्ड वितरण गरिएको थियो जसमा प्रेमध्वज प्रधान, मोहन निरौला, कुलेन्द्र वि.क., वसन्त थापा, यम बराल, देवी घर्ती, अर्जुन पोखरेल, सनम कठायत, चक्र वम, सानु बाबु महर्जन, केञ्जुमा सुव्वा, राज कुमार वगर, टिका बम्जनलगायतका कलाकारले अवार्ड पाएका थिए । नेपाली वाहेक १३ वटा अन्य भाषामा प्रतिस्प्रर्धा भएर उत्कृष्टमा छनौट भएका विभिन्न भाषा भाषीका गीतहरुलाई उक्त समारोहमा अवार्ड प्रदान गरिएको पीम नेपालका अध्यक्ष माधव राज खरेलले वताए ।

कार्यक्रममा यस वर्षको नेशनल पत्रकारिता पुरस्कार रातोपाटीकर्मी कुवेर गिरीलाई प्रदान गरिएको थियो भने रजत सम्मानवाट गायक सिताराम पोखरेल सम्मानित भएका थिए । अन्य सम्मानित हुनेहरूमा पत्रकार नवराज बजगाई (काभ्रे), पत्रकार शिव देवकोटा (नुवकोट), पत्रकार सुजन विश्वकर्मा (पोखरा) सम्मानित हुनुका साथै गीतकार डब्बु क्षेत्रीलाई कला सम्मान, भिडियो निर्देशक बविता वस्नेत लाई कला सम्मान र गायक शशि बिक्रम थापालाई प्रतिभा सम्मानसमेत प्रदान गरिएको अवार्ड आयोजक समितिको संयोजक कमला जोशीले वताईन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv