चर्चित गायक बिमलराजको “जाम हिड धनगढी ” बोलको भिडियो बजारमा आउँदै

काठमाण्डौ,पौष २० । चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगढी , सुवा हुँदैन गडबडी” को छायांकन सकिएको छ । बिमलराज क्षत्रीको स्वर रहेको उक्त गीतमा उनकै धर्मपत्नी टिका कुमारी क्षत्रीले स्वरमा साथ दिएकी छिन् । सो गीतलाई जिवन बडुले एरेञ्ज गरेका हुन् । यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको छ ।

अहिले सोही गीतको भिडियो सम्पादन कार्य भईरहेको कुरा निर्माण पक्षले जानकारी गराएको छ । सोही गीतको भिडियोलाई दिलिप ओखेडाले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।
उक्त गीतको भिडियोमा चर्चित कलाकार चेत बहादुर सिंह राजा, चर्चित नायिका तथा मोडल आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेलको अभिनय रहेको छ । यस गीतलाई पक्कै पनि बिगतका गीतहरुलाई झै माया गरिदिनका लागी गायक बिमलराज क्षत्रीले अनुरोध गर्दै केही दिनमा भिडियो सार्वजनिक हुने जानकारी गराएका छन् ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv