दुई वर्ष अगाडि बेपत्ता भएकी महिला समुद्रको बिचमा जीवितै भेटिइन्, यसरी गरियो उद्दार, (भिडियो हेर्नुहोस्)

एजेन्सी । दुई वर्ष अघि घरबाट बे’प’त्ता भएकी एक महिला समुन्द्रको बिचमा जिवितै फेला परेकी छन् । उनलाई जिवितै उद्दार गरिएको भिडियो भाइरल भइरहेको छ । कोम्बियाको यो भिडियोले संसारलाई चकित बनाएको छ ।

हराएको दुई वर्ष पछि समुन्द्रको बिचमा जिवितै फेला परेको घटनाले अहिले विश्वमा चर्चा भएको छ । उनलाई उद्दार गरेको भिडियो पनि भाइरल भएको छ ।

शनिबार एन्जेलिका जाइतन नाम गरेकी महिला समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको द सनले जनाएको छ। ४६ वर्षकी एन्जेलिकालाई स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले भेट्टाएको बताइएको छ।

उनीहरुले समुन्द्रमा तैरिरहेको अवस्थामा देखेका थिए । प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुद्रको बीचमा एन्जेलिकालाई देखेपछि माझीहरले उद्दार गरेका हुन् ।

एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले मलाई जिवितै रहोस् भन्ने चाहेका रहेनछन्’ भनेकी छन् । आरसीएन रेडियोसँग उनले आफ्नो कथा पनि खोलिन्।

उनले २० वर्षसम्म श्रीमानले निकै दुख दिएको बताएकी छन् । अन्त्यमा उनले दिएको या त ना र दुख सहन नसकेर घर छोडेर हिडेको उनको भनाई छ । उनले सन् २०१८ मा घर छाडेर हिडेको बताएकी छन् ।

घर छाडेर हिडेपछि उनले ६ महिना सडकमै मागेर खाइन्। उनले आश्रयस्थलमा बास पनि पाइन्। यसरी जीवनमा ठूलो पि डा भोगेपछि आफूलाई बाँच्ने रहर नभएको र समुद्रमा हाम फालेको बताइन्। समुद्रमा हाम फालेको आठ घण्टापछि उनको उद्धार भएको थियो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv