राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सुरु निशुल्क आयुर्वेदिक उपचार गरिने

काठमाण्डौं,पौष २४ । लालमटिया (देउखुरी दाङ) नागरिकलाई आयुर्बेदिक पद्धतिद्धारा उपचार सेवा दिनका लागि राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सुरु गरिएको छ ।

सबैभन्दा पुरानो उपचार पद्धति आयुर्बेदिक पद्धतिद्धारा नागरिकको उपचारमा सहयोग पुराउन राप्ती गाउँपालिकाको कार्यालय मसुरीया, राप्ती आयुर्बेदिक चिकित्सालय, तुल्सीपुर, प्रादेशिक आयुर्बेदिक चिकित्सालय विजौरीको पहलमा वडा नं २ को लालमटियामा कविराज सहितको सेवा केन्द्र उद्घाटन गरिएको हो ।

निरोगी व्यक्तिलाई रोग नलागोस् भनेर स्वास्थ्य रक्षा गर्ने र रोग लागिसकेपछि उपचार गर्ने आयुर्वेद चिकित्सा पद्धतिको सुरु राप्ती क्षेत्रमा निशुल्क हुन थालेकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले खुसी ब्यक्त गर्ने भएको छ ।
अध्यक्ष सुवेदिले बिरामी भइहालेमा उपचार गर्ने प्रक्रिया मानव जातिको सभ्यताको सुरुवातसँगै आयुर्वेद चिकित्साको उत्पत्ति भएकामा पौराणिक ग्रन्थ, वेदहरूमध्ये अथर्ववेदमा आयुर्वेद चिकित्सा पद्धतिको वर्णन अनुसार अन्य चिकित्सा पद्धति पनि विकास भएका र ती सबैको आधार भनेको आयुर्वेद चिकित्सा पद्धति रहेकोले यो भरपर्दो र उपलब्धि पुर्ण रहेको बताउनु भएको छ ।

नागरिक आरोग्य सेवा केन्द्र सबै रोगका बिरामी चेकजाँच गरिने र खासगरि विरामीको प्रकृति अनुसार सम्भव हुने रोगहरूको मात्र उपचार गरिने साथै काया चिकित्सा पेटका रोगहरू, जन्डिस, सलाक्य नाक–कान र घाँटी, शय चिकित्सा शल्य चिकित्सा, श्वास, कास छातिसम्बन्धी रोग, एनोरेक्टल रोग पायल्स, फिस्टुला, स्त्री चिकित्सा महिनावारी गडबडी लगायतका रोगहरूको उपचार गरिने चिकित्सक मदन कुमार विसीले जानकारी दिनु भएको छ ।
राप्ती आयुर्बेदिक चिकित्सालय तुल्सीपुरका चिकित्सक मदन कुमार विसी को अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन कार्यक्रममा राप्त गाँउपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रादेशिक आयुर्बेदिक चिकित्सालयका निमिक्त निर्देशक गोकर्ण दहाल, वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापा, स्वास्थ्य शाखा संयोजक नारायण राउत लगायतले सेवा केन्द्रले समाजमा सकारात्मक प्रभाव पार्दै विरामीको रोग निमुल पार्न उल्लेख्य भुमिका खेल्न शुभकामना ब्यक्त गर्नु भएको छ ।


प्रारम्भिक चरणमा सामान्य उपचार संगसंगै तत्कालै विशेष उपचार पद्धति सुरु गरिने चिकित्सक मदन कुमार विसीले जानकारी दिनु भएको छ । देउखुरी उपत्यकामा चौथो आयुर्वेदिक सेवा केन्द्र र दाङमा पहिलो नागरिक आरोग्य सेवा केन्दको रुपमा रहेको यस नागरिक आरोग्य सेवा केन्द्रले खासगरि राप्ती गाउँपालिका तथा आसपासका क्षेत्रका सेवा ग्राहिलाई मुख्यत समेट्ने बताईएको छ ।
आयुर्वेद चिकित्सा पद्धतिमा रहेका सरल र भरपर्दोे उपचार रोज्ने गरिएकाने छ । पायल्स र फिस्टुलाको शल्यक्रिया गर्दा एलोपेथिक चिकित्सामा ठूलो घाउ बनाएर महिनौं उपचार गर्नुपर्छ जसको उपचार आयुर्वेद चिकित्सा पद्धतिमा सरल किसिमले हुने र पायल्स र फिस्टुलाको उपचार गर्दा आयुर्वेदमा क्षार सूत्र अर्थात् धागोबाटै शल्यक्रिया हुदा धागोले एकै पटकमा घाउ काट्ने र घाउ निको पार्ने दुवै काम हुनाले आयुर्वेद चिकित्सा पद्धति भरपर्दो हुने कार्यक्रममा वताईएको छ ।
राजपुर गाउँपालिकामा दुई वटा र गढवा गाउँपालिकाको गोवरडिहामा एक वटा कविराज सहितको आयुर्वेदिक सेवा केन्द्र सञ्चालनमा रहेको र ति सेवाकेन्द्रको सेवा गुणस्तर सुधार गर्दै लैजाने योजना समेत रहेको बताईएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv