गायिका लक्ष्मी आचार्यको ‘आफ्नै नाम मन परयो’ सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन परयो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् ।

माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ ।

गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ । भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो गीतलाई सिगार्न सफल देखिन्छ ।

शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन,  तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

यस अगाडिका हरेक गीत राम्रो र चर्चित दिन सफल गायिका लक्ष्मी केही पहिले गायक चक्र बमसँग सुदुर पश्चिमेली शैलीमा ‘भन् साली तेरी दिदी कहाँ छ’ बोलको गीत आएको थियो । जुन गीत अहिले निकै चर्चामा पुग्न सफल भएको छ । अहिले सार्वजनिक भएको ‘आफ्नै नाम मन पर्यो’ गीतले पनि चर्चा पाउने उनले आस लिएकी छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv