जीन्युजका प्रधानसम्पादक सुधिर चौधरीको दादागिरी नेपालको सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै समाचार प्रसारण
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यालन जी न्युजमा दिएको अन्तरवार्ताको अहिले चर्चा चलिरहेको छ । तर यो चर्चा सेलाउन नपाउँदै प्रधानमन्त्री ओलीसंग अन्तरवार्ता लिन नेपाल आएका पत्रकार सुधिर चौधरीले विश्वकै सर्वोच्च शिखर सगरमाथा माथि धावा वोलेको छ । उनी कालापत्थरमा पुगेर नेपालको शान माथि नै धावा बोलेका हुन् ।
उनले सगरमाथा माथि भारतले दावी गर्नु पर्ने र त्यसको लागि आफ्नो टेलिभिजनले अभियान सुरु गरेको बताएका छन् । उनले भारतले दावा गर्ने र त्यसको नाम नै परिवर्तन गरेर माउन्ट सिकदर राख्नुपर्ने अभियान सुरु गरेको घोषणा गरेका छन् । साथै आफ्नो अभियानमा साथ दिन पुरै भारवासीलाई आग्रह समेत गरेका छन् । मिडिया, सामाजिक सञ्जाल मार्फत यो दावीलाई विश्वसामु लैजान आग्रह गरेका छन् ।
सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भनेका छन्
आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ रु वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।
राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।
हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।
म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’ नयाँ पत्रिकाले यो विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।