आजबाट अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने

माघ,१ । आजबाट अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । एउटा बैंकको एटीएम प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क बुझाउनु पर्ने भएको छ । कोरोना महामारी शुरु भएसँगै राष्ट्र बैंकले सर्वसाधरणको सुविधाका लागि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । तर माघ १ गतेदेखि भने शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्ने छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्व जानकारी गराएर मात्र इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिन पाउने छन् ।

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निःशुल्क गरेका थिए। पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो।

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो। यसअघि अधिकतम शुल्क तोकिएको थिएन।

त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv