पुर्व राजपरिषद स्थायी समिति सदस्य तथा राजनीतिज्ञ कर्ण बहादुर भण्डारी अश्वस्थ

काठमाण्डौं,माघ १८ । पुर्व राजपरिषद स्थायी समिति सदस्य,साहित्यकार तथा राजनेता कर्ण बहादुर भण्डारी अश्वस्थ हुनु भएको छ । अहिले वहाँको मेडिसिटी अस्पातलमा उपचार गराइ भईरहेको छ ।

माघ १ गते वहाँको अवस्था गम्भिर भएपछी अस्पातल लगिएको थियो । अस्पातल श्रोतका अनुसार वहाँलाई हाल फोक्सोमा समस्या देखिएकोले आइसीयुमा राखीएको जनाएको छ । भण्डारी लामो समयदेखि म्रिगौला र मधुमेह लगायत रोगबाट पीडित हुनुहुन्छ ।

१९९१ चैत ९ गते डडेल्धुरा जिल्ला समैजी गाबिस वडा न ९ मा जन्मनु भएका भण्डारी २००७ साल देखी राजनीतिमा होमिनु भएको थियो । २०२८ सालमा डडेल्धुरा जिल्लाको जिल्ला सभापति र तत्पश्चात राष्ट्रिय पंचायतको सदस्य रही सुदुरपश्चिममा आफ्नो योगदान दिनु भएका भण्डारीले राजपरिषद २०५६ स्थायी समितिको सदस्य समेत रहुनु भएको थियो ।

कलिलो उमेर मै २००६ सालमा राणा शासनका बिरुद्ध क्रान्ति गरी बैतडी र डडेल्धुरा जिल्लाको कमाण्डर समाल्नु भएको थियो । प्रजा परिषदको कमाण्डर भएकै समय २००७ सालमा आएको परिवर्तनमा वहाँको अहम भूमिका रहेको सुदुरपश्चिमेलीहरु बताउँछन । राजनीति र समाज सेवामा गाउँ,शहर र राजधानी सम्मको राजनीतिक यात्रा तय गर्नुभएको भण्डारीले डडेल्धुरा जिल्लामा दुर्गम क्षेत्रमा बिद्यालय,स्वास्थ्य चौकी,काठेपुल,आदी लगायत सो जिल्लाभर थुप्रै बिकास निर्माणका काम गर्नु भएको छ ।

वहाँले बिभिन्न समयमा मानपदवी प्राप्त गर्नु भएको छ । गोर्खा दक्षिणबाहु चौंथो ,शुभ राज्य बिशेष बिभुषण,गोर्खा दक्षिणबाहु दोस्रो,राजपरिषद षष्टकोण बिभुषण बिभिन्न प्रशंसा पत्र,आदरपत्रले सम्मानित हुनुहुन्छ ।

राजनीति संगै साहित्यमा पनि रुची राख्ने भण्डारीका ‘कालिका कवच’,’राम सिता कवच’, ‘सन्तान गोपाल पाठ’, ‘नव ग्रह स्तुती’ ,बिकासको लहर’,’बासु बिरौ संगीत’ ‘आमा बुवाको सम्झना’ जस्ता आधा दर्जन श्लोक लेख प्रकाशित छन ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv