एकाएक बालुवाटारमा मच्चियो खैलाबैला नागरिक अगुवाले खाए पानीका फोहरा (भिडियो सहित )

काठमाण्डौं,माघ १२ । प्रतिनिधिसभा विघटनविरुद्व नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीले ला’ठीचा’र्ज गर्नुका साथै पानीको फोहोरा प्र’हार गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमको विरोधमा नागरिक अगुवाहरुले गरेको बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन् ।

त्यसमा लेखक, पत्रकार, कवि, विद्यार्थी प्राध्यापक, राजनीतिज्ञ पनि थिए। जुलुस कमलपोखरीबाट बालुवाटारतर्फ सोझिएको थियो। बालुवाटार पुग्ने मुख्य बाटो भाटभटेनीछेउ प्रहरीले रोक्यो। त्यहाँ ठूलो संख्यामा प्रहरी खटाइएका थिए।

सभा र जुलुससँगै नागरिक अगुवाहरूले स्वेच्छिक गिरफ्तारी दिन खोजेका थिए। त्यसक्रममा उनीहरू प्रहरीको घेरानजिक पुगेका थिए। त्यसरी जानेहरूमाथि प्रहरीले लगालग ला’ठी ब’र्सा’उन थालेको थियो। प्राध्यापक, विद्यार्थी, लेखकहरूमाथि लाठी बर्साएसँगै प्रहरीले पानीको फोहोरा पनि फाल्यो। प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतलाई पनि पक्राउ गरेको थियो।

लाठीचार्ज र पानीको फोहोरा प्र’हारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौँ अभियन्ता घाइते भएको बताइएको छ । घाइतेमध्ये निर्घको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र संघर्ष र स्वर्णिमलाई मोडल अस्पतालमा उपचारका लागि लगिएको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv