सात सालका क्रान्तिकारी योद्धा भण्डारी अस्वस्थ , उनलाई भेट्न अस्पतालमा पुगे मन्त्री लेखराज (भिडियो हेर्नुस्)
काठमाण्डौं,माघ २१ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट साहित्यकार तथा राजनेता कर्ण बहादुर भण्डारीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी अस्पताल पुग्नु भएको छ । अस्पातल पुगेर पत्रकार सँगको संक्षिप्त कुराकानीमा वहाँले “प्रजातन्त्रका लागी जहानियाँ शासन बिरुद्ध सुदुर पश्चिमको डडेल्धुरा र बैतडीमा वहाँले गर्नु भएको यगदान प्रसंसनीय छ । वहाँको योगदानको कदर गर्दै राज्य र मेरो तर्फबाट हुने सहयोगको लागि म सँधै तत्पर रहने छु । ” भन्नु भयो ।
“नेपालको राजनीतिक परिवर्तनमा सुदुरपश्चिमले पाएको वहाँ एक जुझारु अग्रज ब्यक्तित्व हो । अहिले वहाँ स्वास्थ्य लाभको क्रममा हुनुहुन्छ वहाँलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” भन्नु भयो ।
अस्पातलमा भण्डारीका छोराहरु द्धय हिक्मत बहादुर भण्डारी र भक्त बहादुर भण्डारीलाई भेट्नु स्वास्थ्य लाभको कामना ब्यक्त गर्नु भएको हो ।
हेर्नुहोस् भिडियो ।
१९९१ चैत ९ गते डडेल्धुरा जिल्ला समैजी गाबिस वडा न ९ मा जन्मनु भएका भण्डारी २००७ साल देखी राजनीतिमा होमिएका थिए । भण्डारी अस्वस्थ्य भएपछि उद्योग वाणीज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट अस्पतालमा उनको स्वास्थ्य अवस्था जानु भएको हो ।