“मिठो धोका” लिएर आए गीतकार तथा निर्देशक हिरा काजी थापा (भिडियो सहित)

काठमाडौं– विदेशमा बसेर नेपाली सांगीतिक आकाशमा अमिट छाप छोड्न सफल गीतकार तथा निर्देशक हिरा काजी थापाको नयाँ गित “मिठो धोका” को म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका सुजाता बर्माको आवाज रहेको छ। गीतकार हिरा काजी थापाको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत “मिठो धोका” को म्युजिक एरेन्ज भने उदय राज पौडेलले गरेका छन् ।

बिगत लामो समय देखि लन्डनमा बसोबास गर्दै आएका हिरा काजी थापा भर्सटायल व्यक्तित्वको रुपमा परिचित छन्। लन्डनमा बसेर इन्टरनेटको माध्यम बाट दर्जनौ चर्चित म्युजिक भिडियो निर्देशन गर्न सफल थापाले डिजिटल प्रविधिको भरपुर उपयोग गर्दै फेरि पनि आकर्षक म्युजिक भिडियो लिएर आएका हुन्। छायाँकार उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाइ निर्देशक हिरा काजी थापाले निर्देशन गरेका हुन्। त्यसैगरी भिडियोमा गौरब गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ। सार्बजनिक म्युजिक भिडियोमा मोडल भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्रि, प्रविन डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरलाई फिचर्ड गरिएको छ । भिडियोलाइ निर्माता समेत रहेका हिरा काजी थापाले नै निर्माण गरेका हुन् । भिडियो हेर्नुहोस :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv