कोभिड-१९ अनि हामीले नसिकेको वा सिक्न नचाहेको पाठ – रामु शाही ठकुरी (लेख )

दुबई,बैशाख १५ ।  ‘आकाशको राहु, पातालको केतु एक फेर नपरी कसरी चेतु’ भन्ने एउटा नेपाली उखान छ र सायद धेरै हामी नेपालीहरुले यो उखानलाइ चरितार्थ पनि गरिसकेका छौं। अब प्रसङ्ग जोडौ कोभिड १९ को एकफेर पुरै संसार नै चपेटामा आइसकेर पनि केहि हदसम्म नियन्त्रण र कमी आएको थियो। त्यो संगै नेपालमा पनि एक लहर निषेधाज्ञा सकिएर झन्डै जनजीवन सामान्य भैसकेको थियो।

के के सकिए त्यसको लेखा जोखा सायद सरकार संग पनि नहोला, कति व्यवसाय धरासायी भए, कतिले लुट्ने मौका पाए, कति मजदुरले भोकभोकै मृत्युवरण गर्न समेत पर्यो, अझै पनि कतिले ऋणको बोझ बोकेर टाउको समातेर बस्नु बाहेक केहि गर्न नसकेको कति छन्।

यो भन्दा पनि महत्वपुर्ण कुनै पनि यस्तो खाले प्रकोपको लागी हामी तयार रहेनछौं भन्ने कुरा त्यो बेलाको quarantine काण्ड अनि RDT किट काण्डले प्रस्ट पारेको नै हो। त्यसमाथि त्यो रोग बिरुद्धको खोपको लागि पनि हामीले यथेस्ट लेखाजोखा अनि अनुसन्धान नगरिकन नै नेपालमा खोप लगाउन अनुमति दिन हतारो नै पो गरेको हो कि भन्ने ठाउँ देखिने गरि खोप कार्यक्रम गरियो।

अहिले फेरी भारतमा ब्याप्त कोरोनाको नया कडा खाले संस्करण नै भनौ जसले भयङ्कर त्राहिमामको अवस्था सिर्जना गरिदिएको छ अनि त्यसको असर नेपालमा नपर्ने त हुदैहोइन साथै बिहिबार देखि निषेधाज्ञा घोसणा गरिएको छ। हुन त म बिज्ञ होइन अनि कुनै पनि अधिकार प्राप्त सरकारी अधिकारी पनि होइन तर पनि एक नागरिकको हैसियतले देखेको कुरा र बुझेको कुरा राख्ने जमर्को सम्म चै पक्कै हो, यसलाई लिने, नलिने अनि बेवास्ता गर्ने पूर्ण अधिकार हजुरहरु सबै जनालाइ छ। हजुरहरु को आलोचना अनि तर्कसंगत तथ्य सदैब स्वीकार्य छ।

सुरुमा भनिएको उखानले जस्तो यस पाली पनि चेतेको जस्तो चै फिटिक्कै पनि देखिएको छैन। जे जति निर्णयहरु सुन्नमा आउदै छन् र जे जस्तो अभिव्यक्तिहरु सुन्नमा आइराखेको छन् ति एकदमै हचुवाको भरको अनि बिना कुनै पूर्व तयारी बोलिएका लाग्दैछन्। पुरै दुनियाको जानकारी इन्टरनेटमा सहज उपलब्ध हुने यो युगमा अरु ठाउहरुको अनुभवले पनि त सिक्न सकिन्थ्यो। हठात् गरिएका निर्णयले कति क्षेत्रमा असर गर्छ वा गरेको छ भन्ने सम्म पनि आंकलन नगरिएको भान हुन्छ। एकचोटी गरिएको गल्ति फेरी पनि देख्नु पर्दा खेरि चै हाम्रो नीति निर्माण तहमा चै के साच्चिकै सुयोग्य र हाक्न सक्ने नेतृत्व छ र भनेर आफैलाई प्रश्न गर्नु पर्ने अवस्थामा म लगायत धेरै नेपाली पुगेका छौं।

विश्व स्वस्थ संगठनले नै PCR पद्धतिमात्रै १०० % भरपर्दो हुन्छ भनिसकेको परिप्रेक्षमा अझै पनि RDT टेस्ट हुनु भनेको उही पहिलाको काण्डको ढाकछोप नै त होला भन्न पर्यो अब। पहिला पनि PCR टेस्ट नै थोरै भैराखेको कुरालाई बेवास्ता गरेर पर्याप्त PCR मेशिनको जोहो गरिएन र भएकाको पनि नियमन र अनुगमन फितलो भयो सायद। अब एकैचोटी ह्वात्त छिमेकमा बढेको देख्दा आत्तिनु भनेको कत्तिको कच्चा काम हो भनिराख्न नपर्ला। पहिलो निषेधाज्ञाको बेलामै महसुस गरिएको भेण्टिलटरको कमि यति लामो समय सम्म पनि बेवास्ता हुनुलाइ के भन्ने ?

मास्कको एकदम कमि भएको हुदाँ नेपालमै सुरु गरिएका कम्पनिहरु बाट नै सहि, हरेक हेल्थ पोस्ट सम्म पर्याप्त मास्क पुर्याउन अनि सस्तो र सुलभ बनाउन हाम्रो नेतृत्वले बेवास्ता गरेको नै हो, यसमा दुइ मत नै छैन। जति सुकै सम्पन्न देश भए पनि १०० % रुपमा सबै ठाउमा काम भएको छैन अझै पनि केहि प्रतिशतले प्रतक्ष कम गर्ने अनि धेरै हद सम्म र मिले सम्म घर बाट नै काम गर्ने भैराखेको छ साथै फिल्ड मा खटिने जो कोहिलाइ हरेक ७-१४ दिनमा टेस्ट गराइन्छ। त्यो हामीले चटक्कै छोडेर आफ्नो शक्ति देखाउन गाउँ गाउँ बाट मान्छे ल्याएर भेला गर्यौ। कयौं को जागिर गयो, कयौं बेरोजगार भए अनि कयौंले ऋण खेप्न बाध्य भए उनिहरु बारे न निर्णय लिंदा सोचियो न समस्या कम हुँदानै सोचियो अब फेरी त्यसको माथि अर्को निषेधाज्ञाले अलि अलि ठिक हुन खोज्दै गरेको उनीहरुको अवस्था उठ्ने नसकिने गरि थिलथिलो हुने प्रस्ट छ। अझै दिनभरी मजदुरी गरेर राति छाक टार्ने जमातलाइ भोकै मर भने सरह भएको छ।

यो बाहेक खोप जसले कोभिडको डरलाग्दो संक्रमण बाट हुने जटिलता बाट बचाउछ भन्ने बिश्वाश गरिएको थियो वा भनौ प्रचार गरिएको थियो, त्यसको बिनाकुनै आफ्नो अध्ययन लगाउन सुरु गरियो। भारतबाट ल्याइएको कोभ्याक्सिन जसको पहिलो चरणमा ३७५ अनि दोश्रो चरणमा ३८० जना लाइ टेस्ट गरिएको थियो अनि तेश्रो चरणमा २५८०० जनालाई मात्रै गरिएको छ। दोश्रो चरणको खोपको बारेमा जानकारी डिसेम्बर २३, २०२० मा update गरिएको छ, यसो हेर्दा खेरि तेश्रो चरणको खोपको नतिजा आउनु अगाडी नै हाम्रो नेपालमा खोप को परिक्षण (नाम मात्रैको ) हैन लगाउन नै सुरु गरियो । कोभ्यक्सिनकै वेबसाइट अनुसार उनीहरुको efficacy दर ८१ % मात्रै छ, त्यहि सिनोफार्मको ८६ देखि ९० % भनिएको छ र यसको efficacy दर दशौँ लाख व्यक्तिमा टेस्ट पछिको नतिजा हो। अझै अचम्म लाग्दो कुरा त के छ भने clinical trials अरु देशहरुमा चांडै सुरु गरिनेछ भनेर कोभ्यक्सिनले आफ्नो वेबसाइट मा राखेको छ। के नेपालमा अहिले दिरखेको खोप कतै clinical trail नै त होइन? यदि हो भने यसको अनुगमन भाको छ कि छैन र भाको छ भने के कस्तो भाको छ त्यो हामीले पनि जान्न पाउनु पर्छ।

यस बिचमा कति नेपाली अनुसन्धाताहरुको खबर र समाचार पनि भाइरल भए कोभिडलाइ रोक्न भनेर, एउटा त सायद विश्व स्वास्थ्य संगठन सम्मै पनि पुग्यो, त्यस बारेमा अधिक जानकारी अहिले सम्म पनि किन आएन, सरकारले ति सबै जना लाइ किन प्राथमिकतामा राखेनन्। आयुर्वेदिक नै सहि अरु पनि विकल्प बारे किन सोचिएन ? यी सबै प्रश्नहरु अनुत्तरित नै छन् र सायद रहनेछन। नेपालमा भएका अनुसन्धान केन्द्रहरु र नेपाल बिज्ञान तथा प्रबिधि प्रतिष्ठानले यो बिसयमा कहिले पनि सोचेनन वा सोच्ने चाहेनन् ? समयले जवाफ देला भनेर बस्नुको विकल्प देखिएको छैन। एउटा पनि स्वास्थ्य सम्बन्धि कार्यक्रमले र मिडियाले यी र यस्ता प्रश्नहरु बारे कतै पनि ताकेता गरेको देखिएको सुनिएको छैन। चिकित्सा क्षेत्रमा प्रचलित उपचार भन्दा रोकथाम नै उत्तम (prevention is better than cure ) भन्ने उक्तिलाई पनि वास्ता गरिएन जस्तो छ। यसको उपचार त छदै थिएन र छैन पनि, कम से कम रोकथाम को लागि त हामी संग समय थियो अब त त्यो पनि घर्किसक्यो।

अब छिमेक दन्दनी बलिराखेको बेला हाम्रो समाधान निषेधाज्ञा मात्रै हो त ? कतै कतै सुनियो अर्थतन्त्र जे सुकै होस्, जनताको स्वास्थ्यको लागि गरेको भनेर राजनैतिक खुराकको लागि यस्तो सस्तो बोलि बोल्नु भनेको हाम्रो नेतृत्वको अदुरदर्शिताको नमुना नै हो। नेतृत्वले त समस्या सल्टाउने मात्र होइन भोलि आउनसक्ने समस्याको बारेमा पनि सोच्न सक्नु पर्ने होइन र ?

अब के गर्न सकिन्छ त्यसबारे पनि लेखिएन भने फलैचामा बसेर फलाक्ने तर समाधान दिन नसक्ने पात्रमै दरिन पनि के बेर ? अब अरु के गर्न सकिन्छ त ?
फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिहरुलाई हरेक ७ दिन वा १४ दिनमा PCR टेस्ट गराउनु पर्दछ किनकि स्वास्थ्यकर्मीनै बिरामी भए कसरि रोकथाम गर्ने। नेपालको पुरानो समस्या नै हो, सिमा एकदम कडा गर्नु पर्छ कोइ पनि व्यक्तिलाइ नेपाल आउन बतरा रोक्नु पर्छ बिशेष भारतबाट, यसो भन्दै गर्दा खेरि अरु चिजबिज रोक्नु पर्छ भन्न खोजिएको होइन। पर्याप्त रुपमा PPE (Personal Protective Equipment ) सबै फ्रन्टलाइनमा काम गर्ने समक्ष पुर्याउन जरुरि छ। जति पनि खुल्ला ठाउँहरु जस्तै कभर्ड हल, पार्टी प्यालेस वा विभिन्न ठाउमा टेन्ट लगाएर कसैलाई संक्रमण देखिएको खण्डमा छुट्टै राख्न सकिने गरि तयारी गर्नुपर्यो बरु त्यसको लागि ति निम्न बर्गीय मजदुरहरुलाइ प्रयोग गर्न सकिन्छ, सामाजिक दुरी कायम राख्दै र समय समयमा PCR टेस्ट गर्दै। निषेधाज्ञा त जारी गरि नै सकियो, त्यसले पनि केहि हद सम्म सहयोग त गर्ला। यस पालीको कोरोनको संस्करण धेरै नै संक्रामक र खतरनाक रहेको अनि भारतको स्थिति हेर्दा खेरि नेपालले पनि अक्सिजनको जोहो गर्न पर्ने देखियो साथै ventilator को जोहो को लागि लागि पर्न पर्यो।

अक्सिजनको लागि हालै मात्र नेपाली सेनाले पनि सुरु गरेको अक्सिजन प्लान्ट र सबै निजि क्षेत्रको पनि सहयोग लिएर आपूर्ति व्यवस्था मिलाउन सकिन्छ यसको लागि नेपालमा संचालित जति पनि संघ संगठन र स्वास्थ्य परियोजनाहरु छन् सबै संग छलफल गरिकन उनीहरु को सहयोग लिन सकिन्छ तर त्यसमा नियमन र अनुगमन चुस्त चाहिने हुन्छ। कुनै पनि चिज बिज र एम्बुलेन्स प्रयोग भएको छ भने त्यसको disinfection अनिवार्य रुपमा गर्न पर्यो।

सम्भव भए सम्म इन्टरनेटको प्रयोग गर्न पर्ने कुरा त छदै नै छ। यस बाहेक सरकारले भ्याक्सिनले गरेको असरहरु बारे अध्ययन पनि गर्नु जरुरि छ, किन भने भारत बाट नया खाले कोरोना बढेको छ, नया खाले संस्करण बन्नु भनेको त्यसमाथि या त केहि नया प्रयोग भयो या त त्यो भाइरसले कसरि घातक हुने भन्ने कुरा केहि अरु कुनै प्रयोगको माध्यमले भएको हुन पर्छ। यसका लागि NAST (Nepal Academy of Science and Technology ) जस्ता बौद्धिक संस्थाले अध्ययन थाल्नु पर्दछ।

हरेक सम्भावनालाइ अङ्गीकार गर्नु पर्छ तसर्थ आयुर्वेदिक विकल्प या उपचार यसरि हुन्छ भन्ने व्यक्तिहरु को पहिचान गरि अहिले सम्म उहाहरु को उपलब्धि को अध्ययन गरि राम्रो गरेको खण्डमा प्रयोग गर्न पनि ढिला गर्न हुदैन।

अरु बेला नाना भाँती सभा सम्मेलन गर्न लाइ लाखौ खर्च गर्ने स्वास्थ्य परियोजना र अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरुलाइ जसरि पनि ventilator को लागि पहल गर्न दबाब दिन सक्नु पर्छ।

भाइरस को उपचार नै नहुने कुरा त सर्बबिदित नै छ तसर्थ भाइरस संग लड्ने भनेको हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले नै हो। हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाइ सबल बनाउन के के गर्न सकिन्छ त्यो सबै विकल्पबारे प्रचार प्रसार गराउन को लागि पहल सुरु गर्नु पर्दछ चाहे त्यो आयुर्वेदिक पाटो होस् या त allopathy नै किन नहोस।
मिडियाले पनि अनावस्यक त्रास बढाउने फोटो र भिडियोहरु भाइरल हुनको लागि संचार मध्यममा र सामाजिक संजालमा पोस्ट गर्नु हुदैन, बरु आधिकारीक जानकारी एकै ठाउमा उपलब्ध हुने व्यवस्था मिलाउनु पर्छ। मनोबैज्ञानिक त्रासले झनै असर गर्ने पक्का नै हो।

यस बाहेक चिसो बाट के कसरि सकिन्छ जसरि पनि बच्नु पर्छ, अनि रुघा खोकी लग्न नदिन जे जे उपाय अपनाउन सकिन्छ त्यो सबै अङ्गीकार गर्नु पर्दछ। कोरोनाको पहिलो लक्षण र असर भन्नु पर्दा रुघाखोकी नै हो, जो पछि गएर निमोनिया हुदै मृत्यु सम्म पुगेको अहिले सम्मको विश्व स्वास्थ्य संगठनको अध्ययन ले देखाएको छ। विश्व स्वास्थ्य संगठन कै हाल सम्मको अध्ययनले कोहि दिर्घ रोगिछन् भने उनिहरु लाइ पनि बिशेष हेरचाह चाहिने हुन्छ किन भने मृत्युदर त्यस्ता व्यक्तिमा अझै धेरै देखिएको छ।
सधै सधै अरुको अध्यन र अनुसन्धानको मात्रै भर परेर हुदैन तसर्थ कोभिडको असर र यसको प्रकार नेपालमा छुट्टि अध्ययन र अनुसन्धान गरिकन अभिलेखीकरण गर्नु एकदम जरुरि छ।

म भन्दा पनि अझै धेरै धेरै बिज्ञ हुनुहोला नेतृत्व तहमा तसर्थ यी र यस्ता कुरा हरुमा पनि ध्यान दिन सकियो भने केहि हद सम्म सफल भएर, उदाहरण पो बन्न सकिन्छ कि ?
जस्तै भए पनि कुनै बेला क्षयरोग महामारी थियो तेस्तै कुष्ठ रोग पनि महामारी जस्तै नै थियो , तेस्त रोगको उपचार नभएको समयमा त स्वर्गद्वारी महाप्रभुले आत्मबलले निको भएको तथ्यगत इतिहास हामीले पढेको नै हो।

हामी सबै नेपाली उसै पनि सबल छौ र सदैब मानसिक रुपले सबल बनौ चाहे त्यसको लागि आध्यात्म तिर नै किन ढल्किन नपरोस।

भगवान श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन। ( लेखक ठकुरी सहयोग सन्जालको अभियानता हुनुहुन्छ )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv