नायक बिपिन कार्की बाइक दुर्घटनामा

काठमाण्डौं , ४ मङ्सीर । नायक बिपिन कार्की दुर्घटनामा परेका छन् । मंगलबार बिहान बाइक दुर्घटनामा पर्दा बिपिनको दाहिने खुट्टा भाँचिएको एक्सरेमा देखिएको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।

बिपिनको यतिबेला बल्खुस्थित बयोधा अस्पतालमा उपचार भैरहेको छ । चलचित्र ‘जात्रै जात्रा’को छायाँकनमा जाँदै गर्दा बिपिन कालिमाटीमा बाइक दुर्घटनामा परेका हुन् । विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । बिपिन दुर्घटनामा परेपछि ‘जात्रै जात्रा’को छायाँकन रोकिएको छ । ‘जात्रै जात्रा’ फागुन १७ गते प्रदर्शनमा आउँदैछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv