चलचित्र प्रेम गीत -३ डबिङ सकिए लगत्तै सम्पादन कार्य शुरु

काठमाण्डौं,असार १७ । करिब २०० सय बर्षअघिको प्रेम काहानीलाई पर्दामा उतारिएको फिल्म ‘प्रेमगीत ३’ को यतिबेला हिन्दी भाषामा पनि तयार हुँदै गरेको कुराले आम सिनेप्रेमिहरु उत्साहित छन् । यता कमर्सियल नेपाली फिल्मलाई अन्तरास्ट्रिय बजारमा पाईला टेकाउन मेहनत गरिरहेका प्रेमगीत ३ का निर्माता सन्तोष सेनले हिन्दी डबिङको सम्पादन कार्य पनि हालै सम्पन्न भएको जनाएका छान् । यसअघि भारतिय चर्चित डबिङ आर्टिस्टहरुले डब गर्दै गरेको भिडियो सार्बजनिक भएपछि सामाजिक संजालमा भाईरल नै भएको थियो ।

सन्तोषका अनुसार सम्पादनको कार्य १ महिनामा सकिएको छ । हरेक दिन १ सिफ्ट प्रेमगीत ३ सम्पादनको लागि समय छुट्याईएको थियो । हिन्दी डब फिल्मलाई बलिउडका चर्चित सम्पादक संजया साक्लाले गरेका हुन् । साक्लाले ‘कुछ कुछ होता हे’, ‘राउडी राठोर’, ‘प्रेम रतन धन पायो’, ‘धमाल’ लगायत सयौं चलचित्रहरु सम्पादक गरेका छन् ।


सन्तोष भन्छन् ‘कुनै अहमता नभएको १००/२०० करोडको फिल्ममा काम गरेपनि हाम्रो सानो इन्डस्ट्रीबाट नेतृत्व गरेको प्रोजेक्टलाई उतिकै सम्मान दिएर मुक्त कण्ठले हाम्रो देशको लोकेशन, कलाकार सिंगों प्रोजेक्टको प्रसंशा गरेर काम अन्त्य गरिदीनुभयो ।’ सम्पादनको अवधीमा आफुले पनि धेरै कुरा सिक्ने मौका मिलेको सेनले बताए । डबिङ देखि सम्पादनको कार्य समेत समाप्त भैसकेपछी अब चलचित्रप्रेमीहरुले ट्रेलरको प्रतीक्षा गरिरहेका छन् ।
यसबारे धेरैलाई खुल्दुली छ । पहिलो पटक बलिउड प्रवेश गरेको नेपाली चलचित्रको हिन्दी ट्रेलर कस्तो बन्ला ? यसबारे निर्माता सन्तोषसंग डिथ्री अनलाइनले बुझ्दा ट्रेलर तयार भैसकेको तर, कहिले सार्बजनिक गर्ने भन्ने मिति भने तयार नभैसकेको बताए । उनले अवस्था हेरेर छिटै सर्बजनिक गरिने जानकारी गराए । चलचित्रमा ‘बाहुबलि’का कलाकारहरुले समेत भ्वाइस एक्टिङ्ग गरेका छन् । प्रेमगीत ३ नेपाल र भारतमा एकसाथ प्रदर्शन हुनेछ । आयुशी, अजय यादव, शक्ती सिंह, सचिन गोले र समयको भ्वाइस एक्टिङ पनि उक्त फिल्ममा रहेको छ ।


फिल्मको क्यारेक्टर अनुसार बलिउडका कलाकारहरुको दरिलो साथ रहेकाले सो फिल्म हिट हुने सेनले दाबि गरेका छन् । चलचित्रमा हिन्दी डबिङको लागी मुख्य भूमिकामा ८/१० जना रहेको र सो क्यारेक्टरहरुको लागि १ जना बराबर २ देखि ६ लाख सम्म पारिश्रमिक दिईएको उनले बताए । यस्तै सानोतिनो क्यारेक्टरमा भ्वाईसओभर गर्ने कलाकारलाई ५०-६० हजारको दरले पारिश्रमिक दिईएको हामीसंगको कुराकानीमा सेन सुनाए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv