सुजिता घटनामा प्रहरीले गर्‍यो पत्रकार सम्मेलन घटनाको कुनै क्लु फेला पार्न नसकेको स्वीकार

चितवन,असार २४ । चितवनकी सुजिता भण्डारी मृ त फेला परेको ४ दिन वितिसक्दा पनि प्रहरीले अझै घटनाको कुनै क्लु फेला पार्न नसकेको स्वीकार गरेको छ । प्रहरीले विहिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न मिल्ने कुनै प्रगती हात नलागेको जनाएको छ । तर आफुहरुलाई अनुसन्धानमा निकै अप्ठेरो पार्ने काम भएको भन्दै प्रहरीले गुनासो समेत गरेको छ ।

घटनासंग सम्बन्ध नै नभएका ब्यक्ति प्लेन चढेर चितवन पुग्ने, होटलमा बास बस्ने र सर्वसाधारणलाई उचालेर अवस्था विगार्ने काम गरेको भन्दै प्रहरीले गुनासो गरेको छ । जसका कारण चितवनमा करफ्र्य जारी गर्नुपरेको भन्दै अनुसन्धानमा लाग्नु पर्ने प्रहरीलाई सुरक्षा ब्यवस्थापनमा लाग्नुपरेको बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले न्याय प्राप्तिको प्रक्रिया चलिरहँदा त्यसलाई पूरा गर्नमा अवरोध खडा गरिएको बताए।

काठमाडौंबाट प्लेन चढेर अभियन्ता आउने, युट्युबर आउने, रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गर्नेजस्ता प्रवृत्तिले अनुसन्धानमा असर पुग्यो,” उनले भने । अनुसन्धानमा खटिनुपर्ने प्रहरी अधिकारी अहिले कर्फ्यु व्यवस्थापनमा खटिनुपरेको उनको भनाइ थियो ।

प्रहरीले सुजिता घटनामा केही अनौठो घटनाले आफुहरुलाई सशंकित पनि बनाएको जनाएको छ । अ प ह र णमा परेकी सुजिताले एउटै व्यत्तिलाई ६ पटकसम्म फोन गर्नु, प ट्टी बाँ धि एको छ भन्नु, मेसेज गर्नु, मोबाइलमा इन्टरनेट अन हुनुजस्ता विषयले थप सशंकित बनाएको पनि प्रहरी उपरीक्षक अधिकारीले बताए । सुजिताको मोवाइलमा घटना भएकै बेला मोवाइलमा डाटा अन भएको समेत देखिएको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

सुजिता मृ त फेला परेको स्थानीय ब्रह्म सामुदायिक वनमा प्रहरीले माउन्टेन ड्युको बोतलमा धानमा छर्ने वि षा दी, झोला, केही खुद्रा पैसा, सिम नभएको मोबाइल फेला पारेको थियो । तर, सुजिता फेला परेको स्थल नै मुख्य घटनास्थल हो वा होइन भन्ने विषय प्रष्ट भएको छैन । पोष्टमार्टम रिपोर्टवाट पनि मृत्युको खास कारण खुल्न नसकेका कारण पनि प्रहरीलाई अप्ठेरो परेको छ । अब भिसेरा रिपोर्टको पर्खाइमा प्रहरी छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv