धार्मिक एतिहासिक महत्व बोकेको पारशनाथ मन्दिर संरक्षण पर्खाइमा

सिराह,असार ३१ । धार्मिक एतिहासिक महत्व बोकेको पारशनाथ मन्दिर संरक्षण उन्मुख रहेको छ । २०३५ सालमा स्थानियवासीले सिराह जिल्लाको कल्याणपुर नपा ३ इटहरी प्रसाहिको खेतबारीमा काम गरेको बेला एक किसानले भगवान महादेवको मुर्ति फेला परेको थियो । तत्पस्चात पुरातत्त्व विभागले पछि खाेजीनीति गरेको र मुर्ति लाई बाहिर निकाल्न जमिन खन्दा मुर्तिकाे माेटाइ बढदै गएको र पछि खन्न नसके पछि पुरेर केही भाग मात्र देखिने गरि मन्दिर बनाएको थियो ।

मठ वरिपरिको जग्गामा पुरानो भाँडाकुँडा र इँटा लगायतको वस्तु भेटिन थालेपछि बहुमुल्य वस्तु पनि हुनसक्ने भन्दै मठ वरपरका क्षेत्र सिल गरि पुरातत्त्व विभागले खाेजतलास गरेको थियो । भनिन्छ, त्यहाँ बहुमुल्य पारस पत्थर भेटिएको थियोे र साेही कारण मन्दिरको नाम पारशनाथ रहन गएको बताइन्छ । त्यस लगत्तै तत्कालीन राजा वीरेन्द्रको आगमन हुँदा मन्दिरमा रहेको साे पत्थर हराएको थियो ।

हाल स्थानीय र संघीय सरकारले मन्दिरको विकासमा ध्यान नदिदाँ पर्यटकीय विकासको उच्च सम्भावना बाेकेकाे याे मन्दिरकाे साैन्दर्यकरणको काम अधुरो छ भने उचित बाटोघाटाे अझै बन्न सकेको छैनन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv