बैठक रोक्न र दशबुँदे अनुसार अघि बढ्ने नेपाल पक्षको प्रस्ताव ओलीद्धारा अस्विकार

काठमाण्डौ,साउन १ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । सरकारवाट वाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बसेको हो । एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा सहभागी भएका छैनन् । उनले वहिष्कार गरेको बैठकमा नेपाल पक्षकै नेताहरु भने सहभागी भएका छन् । तुल्सीलाल स्मृति भवनमा चलिरहेको बैठकमा सहभागी हुन एमालेको माधवपक्षबाट कार्यदलमा सहभागी नेताहरु पुगेका हुन्।

वार्ता टोली संयोजक एवंम् उपाध्यक्ष भीम रावलसहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका छन्। अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठकमा सहभागी हुन माधव पक्षका नेतालाई पनि बोलाएका थिए । माधव नेपालले बैठक स्थगित गरेर सहमति गर्न सन्देश पठाएका थिए । तर ओलीले उनको सन्देश अस्वीकार गरेर बैठक बोलाएका हुन् ।

१० बुँदे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक माधव पक्षकै आग्रहमा स्थगित भएको थियो। प्रतिनिधिसभा पुनःस्थापना भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अध्यक्ष ओली र नेपालसंग झन रिसाएका छन् । उनले नेपाललाई अब एमालेमा स्थान नभएको प्रतिकृया दिएका छन् ।

बालुवाटार छोडेर बाल्कोट पुगेकै दिन उनले नेपाललाई अब एमालेमा कुनै स्थान नभएको उद्घोष गरेका थिए । नेता नेपालकै सहयोगमा देउवा प्रधानमन्त्री बनेका हुन् । वरिष्ठ नेता नेपाल कांग्रेससहित गठबन्धनमा सक्रिय नै छन्। उनले औपचारीक रुपमा विपक्षी गठबन्धनमा सहभागी नहुने बताएपनि नेताहरुले उनलाई भेट गरिरहेका छन् ।

बुधबार मात्रै नेपाल निवासमा प्रधानमन्त्री देउवाबीच सत्ता गठबन्धनलगायतका विषयमा छलफल भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि उनलाई भेट्न कोटेश्वर पुगेका थिए । १० बुँदे सहमति भइसक्दा पनि ओली र नेपालबीच कटुता अझ बढ्दै गएपछि विभाजनलाई रोक्न दोस्रो तहका नेता पुनः सक्रिय भएका छन्।

बिहीबार उनीहरूको अनौपचारिक बैठक बसेको थियो। यो बैठकले नै स्थायी समिति बैठक बोलाएर एकता जोगाउनु पर्ने दबाब दिएपछि शुक्रबारलाई स्थायी समितिको बैठक बोलाइएको हो।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv