काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व रौनक भिडियो सहित

काठमाण्डौं असोज ४ । काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व उल्लासका साथ मनाइयो ।

भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा शुरु भएको इन्द्रजात्रामा आइतबार इन्द्रको विधिपूर्वक पूजाआजा पनि गरिएको छ । जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।
सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगी जात्रा अवलोकन गरेकी छन् ।

जात्रा अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शार्मालगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि सहभागी भएका थिए ।
जात्राका अवसरमा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएकी थिइन् । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv