बालुवाटार आउनुअघि गिरिजालाई पोखरामै भेट्न चाहन्थे प्रचण्ड-बाबुराम

काठमाडाैँ,६ मङ्सीर । जनआन्दोलन ०६२/०६३ ले सफलता पाएपछि नेकपा माओवादीका नेताहरु गिरिजाप्रसाद कोइरालालाई भेट्न चाहन्थे भने कोइराला तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई। दुवै तर्फबाट यसको चाँजो मिलाइदै थियो।

आन्दोलनको सफलतापछि अवको बाटो के भनेर सल्लाह गर्दै अघि बढ्न चाहन्थे सात दल र विद्रोही माओवादी। तर माओवादी नेताहरु सिधै काठमाडौं आउन विश्वस्त भइसकेका थिएनन्। यसैले चितवनमा केही दिन बसेर उनीहरु कास्की पुगे। त्यो बेला चितवनबाट आउँदै गरेका दाहालले पोखराको एक कार्यक्रममा भनेका थिए, ‘हामीलाई बाटोमा अवरोध गर्ने काम समेत भयो। बाटो बदलेर हिंड्नु पर्यो।’ माओवादी नेताहरुले सुरक्षा खतरा महसुस गरेको उनको यो भनाईले पनि जनाउँथ्यो। यो आज भन्दा १२ वर्ष अघिको कुरा थियो।कास्कीको सिक्लेसमा माओवादीको ठूलो केन्द्रीकरण भइरहेको थियो। सोही कार्यक्रममा दाहाल र भट्टराई प्रकट भएका थिए। असारको एक मध्यान्ह। सिक्लेसमै तत्कालिन गृहमन्त्री कृष्ण सिटौला र कांग्रेस नेता शेखर कोइराला हेलिकप्टर लिएर विद्रोही नेताहरुलाई भेट्न आएका थिए। दाहाल र भट्टराई पनि भूमिगत शैलीमा हेलिकप्टरमै त्यहाँ पुगेकाे विशेष रिपाेर्ट अाजकाे नागरिक दैनिकमा छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv