भाग्यले ठगिएकी सर्मिलाको कथा (भिडियो सहित )

यी हुन शर्मिला राई । भाग्यले ठगिएकी सर्मिला उपचार अभावका कारण जो मृत्‍युको पर्खाईमा दिन गनेर बसेकी छिन् । शरीरका दुबै म्रिग्रौला फेल हुँदा र उपचार खर्च जुटाउन नसक्दा मृत्‍युको पर्खाईमा छु भन्दै हाम्रा सामु गहभरी आशुँका ढिक्का खसाल्दै भक्कानिएर रोइन् ।

खोटाङ जिल्ला घर भई हाल ललितपुरको हरिशिद्धीमा बसोबास गर्दै आएकी राईको आर्थिक अभाव मात्र होइन, अहिले सम्म नेपाली नागरिकता पनि छैन । निरक्षर सर्मिला सानै उमेरमा काठमाण्डौ छिरेकी बिहेपछी यतै बसियो भनी हामीलाई सुनाइन । अर्काको खेतबारीमा मजदुरी गर्दागर्दै कहिले ज्यानमा यती ठुलो रोगलाग्यो पत्तै पाइन अब त बाँच्ने आशा पनि मरी सक्यो,छोरालाई पढाएर ठुलो बनाउने सपना पुरा गर्ने धोको पनि यतिकै मर्ने भयो भन्दै बिलौना गरिन् । प्रत्यक १५ दिनमा ५० हजारका दरले उपचार खर्च जुटाउनु पर्ने र श्रीमानको पनि ज्यामी मजदुरी कामले नधान्ने हुँदा बिछौनामा थला परेकी छिन् । सहयोगका लागी सम्पर्क – ९८४९६४७०४२ ९८४३४७१६०७

हेर्नुहोस भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv