रुशाली भट्टराईको ‘गुराँसको पछ्यौरी’ मा गरिमा (भिडियो)

काठममाण्डौ पौष १२ । गायिका रुशाली भट्टराईको स्वरमा रहेको गीत ‘गुराँसको पछ्यौरी’को भिडियो सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजन इशानले संगीत संयोजन गरेको गीतले नेपाली पन प्रस्तुत गर्न खोजेको छ। एमबिबिएसको बिद्यार्थी रुशाली भट्टराईको यो पहिलो गीत हो। सानै देखि गायनमा रुचि राख्ने भट्टराई पढाईबाट केहि समय निकालेर गीत संगीतलाई निरन्तर समय दिदै जाने योजनामा छिन्। यो गीतको भिडियो उत्कृस्ट बनेको छ, यसलाई दर्शकले मन पराउनेमा गायिका भट्टराई आशाबादी छिन्। अब निरन्तर आफुलाई गायनमा अघि बढाउने गायिका भट्टराईको योजना रहेको छ ।

नीशान घिमिरेले निर्देशन गरेको भिडियोमा नेपाली मौलिक गीतमा डाँडा काँडा तथा हिमाली दृश्यहरुलाई सुन्दर रुपमा सागर प्रधानले आफ्नो क्यामेरामा कैद गरेका छन्। भिडियोमा मोडल गरिमा शर्मा फिचर्ड छिन्। सन्तोष राज बाहकले कोरियोग्राफी गरेको भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गरेका हुन्। भिडियो साईरस प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv