मुना मगरकाे बखत सँग नाम जोडेकोमा आपत्ती

काठमाण्डौ, ११ मङ्सीर । काठमाडौं, ११ मंसिर । बखत विष्ट र प्रतिभा चौधरीको जोडी जस्तै भाइरल भन्दै चर्चीत भएकी मुना मगरले आफ्नो प्रतिभाको अवमुल्यन भएको भन्दै गुनासो गरेकीछन् । उनले आफु र आफ्नो दाईको पवित्र नातालाई पनि गलत ढंगले ब्याख्या गरिएको बताएकी छन् ।

पाल्पाकी मुना काठमाण्डौं आएपछि पत्रकारसंग अन्तकृया गर्दै आफ्नो गुनासो राखेकी हुन् । उनले आफु र आफ्नो दाईलाई पनि भाइरल जोडी भनेर ब्याख्या गरिएकाले गलत अर्थ लगाइएको बताएकी छन् । उनले बखत विष्टसंग जोडेर आफुलाई टिप्पणी गरिएको भन्दै गुनासो गरेकी छन् । उनले बखतको आफ्नै क्षमता भएको र त्यसको सम्मान गर्ने भन्दै आफु पनि कुनै क्षमता भएकै कारण दर्शकले मन पराएको बताइन् । उनले आफुलाई बखतसंग जोडेर अवमुल्यन नगर्न आग्रह गरिन् । उनले आफुलाई जानकारी नै नदिई एकाएक बखत विष्टसंग भेट गराएको भन्दै गुनासो गरिन् । मुना राम्रो डान्सर र गायिका पनि हुन् ।

उनी पाल्पामा आयोजना हुने विभिन्न कार्यक्रममा सरिक हुन्छिन् । उनीसंग छन् नेपाली सेनामा धेरै वर्ष काम गरेका गायक मेक सारु । गायक मेक र नर्तकी मुना बिच अहिले भाई बहिनीको सम्बन्ध छ । उनीहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv