साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।

तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ।

नेपालको आजको जित या हारले प्रतियोगिताको उपाधि होडमा केही फरक पार्ने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ । यता बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ ।​ जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv