विवाद चुलिए पछि एनआरएनएको महाधिवेशनमा प्रधानमन्त्री देउवा नआउने

 

काठमाडौ । विवादित रहेको गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए) को एक पक्षले फेरी महाधिवेशनको घोषणा गरेपछि थप विवाद चुलिएको छ । एनआरएनको अर्को पक्षले करिब एक साता अघि महाधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति पनि चयन गरिसकेको छ । शनिवार कुमार पन्त अध्यक्ष रहेको गैर आवासिय नेपाली संघले महाधिवेशनको घोषणा गरेको हो ।

दुई पक्षिय विवाद रहेकै बेला परराष्ट्र मन्त्रालयले संस्थागत विवाद समाधान गरी दशौं महाधिवेशन मिलेर सम्पन्न गर्नु भन्ने आशयको पत्र पठाएको थियो । चैत ८ गते मन्त्रालयले बोधार्थ सम्बोधन गरी पठाएको पत्रका आधारमा शेष घले संरक्षक रहेको परिषद्ले १० औं महाधिवेशन सम्पन्न गरेको थियो । चैत ९ गते संरक्षक परिसद्ले आयोजना गरेको महाधिवेशनमा पन्त नेतृत्वमा रहेको असन्तुष्ट समुह सहभागी भएन ।

चैत ९ गते विनोद कुँवर अध्यक्ष रहेको १२ सदस्यीय कार्यसमितिलाई मान्यता नदिएको पन्त समुहले चैत १२ गते महाधिवेशनको घोषणा गरेको हो । विवादित रहेको र परराष्ट्र मन्त्रालयले समेत मिल्न सुझाव दिएको समुहकाबीच कांग्रेसका केही नेताहरुले ब्यक्तिगत चासो देखाएपछि विवाद थप चुलिएको छ । दुई समुह मिलाएर १० औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुपर्ने सरकार पक्षका नेताहरु नै एउटा पक्षको पक्षपोषणमा लागेको आरोप घले समुहले लगाएको छ ।

एउटा समुहले अवैधानिक रुपमा घोषणा गरेको महाधिवेशनमा प्रधानमन्त्री शेरवहादुर देउवा र राष्ट्रपति विद्या देवी भण्डारीलाई पनि निम्ता पठाइएको छ । उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सहभागी बनाएर उनलाई पनि विवादित बनाउने कोशिष गरिएको आरोप अर्को पक्षले लगाएको छ । प्रधानमन्त्री देउवालाई महाधिवेशनको दोस्रो दिन सहभागी गराउने कोशिष गरिएको बताइएको छ । तर संघ भित्रको विवादका कारण प्रधानमन्त्री देउवा भने सहभागी नहुने सम्भावना बढ्दै गएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुलाई निर्वाचनमा आर्थिक सहयोग गर्ने सर्त सहित पन्त पक्षलाई आधिकारीकता दिलाउन भूमिका खेलेको आरोप घले समुहले लगाएको छ । सो समुहका एक नेताले भने, परराष्ट्र मन्त्राललयले नै मान्यता दिएर चैत ८ गते महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा गगन थापाको अनावश्यक हस्तक्षेपले झन विवाद चुलियो । उनले आफ्नो राजनीतिक उद्देश्य पुरा गर्न एनआरएनको विवादलाइ थप गिजोले । आफुहरुको विरोधका बाबजुद महाधिवेशनको निर्वाचन प्रकृया सुरु गरिएकोमा विरोध जनाएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv