४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाई सम्पन्न

काठमाण्डौ,बैशाख ६ । निर्वाचन आयोगले ४६ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न गरेको जनाएको छ । सोमबार आयोगद्धारा आयोजित नियमित पत्रकार भेट्घाटमा आयोगका सहसचिव तथा प्रबक्ता शालिग्राम शर्मा पौडेलले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिनु भयो। हेर्नुहोस् प्रेस बिज्ञप्तीको पूर्ण पाठ :-

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा मिति २०७९/१/१ गते पछि आयोगबाट भएका निर्णय, क्रियाकलाप तथा गतिविधिहरु निम्नबमोजिम छन्–

१. आगामी स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ ।
२. स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाकाआधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ । जवाफ आउने क्रम जारी छ ।
३. आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ ।
४. निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९।१।१ देखि हरेक दिन ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशन गरिरहेको छ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध छ ।
५. स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि २०७८।१२।३० गते ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा तथा मिति २०७९।१।२ गते जनकपुर, हेटौडा, बुटवल र धनगढीमा सम्पन्न भएको छ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र दिइएको छ ।
६. बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिबृद्धि गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तुल्याउन निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पु¥याउने हेतुले वैशाख ३ गते मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, लुम्बिनी प्रदेशको बुटवल र सुदूरपश्चिम प्रदेशको धनगढीमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मिडिया अभिमुखीकरणमा माननीय प्रमुख निर्वाचन आयुक्त, माननीय निर्वाचन आयुक्त तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका पदाधिकारी एवम् प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यक्रम महासंघ र काउन्सिलको सहकार्यमा सम्पन्न भएको थियो । यसैबीच, आयोगले राष्ट्रिय सञ्चार माध्यमका निर्वाचनसम्बन्धी विषयमा समाचार लेख्ने समाचारदाता र फोटो पत्रकारका लागि २०७९।१।६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्र्दैछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv