९५औं फोटो पत्रकारिता दिवस आज देश भर मनाइदै

काठमाण्डौं बैशाख १३ । ९५ औं फोटो पत्रकारिता दिवसको अवसरमा आज देश भरका फोटोपत्रकारहरुले भब्यरुपमा मनाउन लागेकाछन् । फोटोलाई समाचारको रुपमा गोरखापत्रले वि.सं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको थियो । त्यही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा समाचारको रुपमा प्रकासित पहिलो फोटो भएकाले यस दिनलाई नेपलाका फोटो पत्रकारहरुले राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउदै आइरहेका छन् । त्यस्तै आज राष्ट्रिय फोटो पत्रकार समूहले आफ्नो स्थापनाकाल देखि नै जोडदारका साथ मनाउदै आएको छ । त्यस्तै काठमाण्डौको हनुमान ढोकामा समूहले लकडाउनका बेला फोटोपत्रकारहरु ले खिचेका तस्बिरहरुको प्रदर्शनी राखेको छ । फोटो पत्रकारिता अवसरमा समूहका अध्यक्ष प्रदिप राज वन्तले शुभकामना विज्ञप्ति दिदै एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ’, भन्ने मूल मर्मलाई आत्मसात गर्दै ९५औँ फोटो पत्रकारिता दिवस मनाउन आग्रह गर्नु भएको छ । शुभकामनाको पूर्ण पाठ :-

नेपालको पत्रकारिताको इतिहासमा फोटो पत्रकारिताको सम्बन्ध करिब एक शताब्दी पुग्न लागेको छ । नेपालमा पत्रकारिताको इतिहाससँग जोडिएर आउने गोरखापत्र दैनिक पत्रिका नेपालको फोटो पत्रकारितामा पनि जोडिएर आएको छ । अर्थात नेपालमा पहिलो पटक फोटोलाई समाचारको रुपमा गोरखापत्रले वि.सं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको थियो । त्यही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा समाचारको रुपमा प्रकासित पहिलो फोटो भएकाले यस दिनलाई नेपलाका फोटो पत्रकारहरुले राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउदै आइरहेका छन् ।

आजभन्दा ९५वर्ष पहिले वीरगञ्जकी एक महिला चारुपमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिनलाई स्मरण गर्दै वैशाख १३ मा हामी सबै फोटो पत्रकार र पत्रकारितासँग आबद्ध सङ्घ संस्थाहरुले यसलाई दिवसको रुपमा मनाउँदै अएका छौँ ।

आजको यो विशेष दिनमा सम्पूर्ण फोटो पत्रकारहरुले ९५औँ फोटो पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाउन पाउँदा हामीलाई गौरव महसुस भएको छ ।
आजको दिन फोटो पत्रकारिता पेशा, यससंँग सम्बन्धित सम्पूर्ण सङ्घ संस्था, आम सर्वसधारण र शुभेच्छुमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) हार्दिक शुभकामना व्यक्त गर्दछ ।

यो दिवसलाई राष्ट्रिय फोटो पत्रकार समूहले आफ्नो स्थापनाकाल देखि नै जोडदारका साथ मनाउदै आएको छ । २५ वर्ष अघि नेपाली फोटो पत्रकार र पत्रकारितालाई सङ्गठित, व्यवस्थित र संरक्षित गर्दै अगाडि बढ्ने पवित्र उदेश्यले यो संस्थाको जन्म भएको थियो । आज यही संस्थाको पहल र निरन्तरताले नेपालमा वैशाख १३ फोटो पत्रकारिता दिवसको रुपमा स्थापित भएको छ । यही संस्थाले पहिल्याएको बाटो पछ्याउदै अन्य फोटो पत्रकारितासँग सम्बन्धित र सरोकारवालाहरुले पनि आत्मसाथ गर्न थालेको देख्दा एनएफपिजे नेपाल गर्ब महसुस गर्दछ ।

यसै दिनको सन्दर्भ पारेर राष्ट्रिय फोटो पत्रकार समूहले आज विहान ७ बजे भृकुटीमण्डपदेखि वसन्तपुर दरबार क्षेत्रसम्म प्रभातफेरीसँगै वसन्तपुर दरबार क्षेत्रमा नेपालमा विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को समयमा नेपाल सरकारद्वारा रोगबाट सुरक्षित रहनका लागि गरिएको लकडानमा विभिन्न सञ्चार माध्ययममा कार्यरत फोटो पत्रकार तथा फोटोग्राफरहरुले खिचेका तस्विरहरुलाई ‘नेपाल इन लकडाउन’ नामकरण गरी फोटो प्रदर्शनी पनि आयोजना गरेको छ ।
‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ’, भन्ने मूल मर्मलाई आत्मसात गर्दै ९५औँ फोटो पत्रकारिता दिवस मनाउन गइरहेको सन्दर्भमा सम्पूर्ण सस्थाका सदस्यहरु लगायत फोटोपत्रकार,फोटोग्राफरहरुमा फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv