मतदान स्थलका लागि भौतिक संरचना उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह

काठ्माण्डौं,बैशाख १६ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपलब्ध गराउन आग्रह गरेको छ । वैशाख २८ गतेदेखि वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकारमार्फत् सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय गरेको छ ।

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमासम्पन्न गर्न आयोगले नियमित पत्रकार भेटघाटमार्फत् सोमबार सो जानकारी गराएकोहो । निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहमालेखी पठाउने निर्णय भएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेको विद्यालयको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन नेपाल सरकारका मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव अर्यालद्वारा जारी विज्ञप्तिमा स्थानीय तह निर्वाचनको मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक विदादिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताउनुभयो ।

एक लाख ५३ हजार १४५ मनोनयन

निर्वाचन आयोगको प्रणालीमा बिहीबार दिउँसो ७ बजेसम्म प्रविष्ट भएको तथ्याब्कअनुसार १ लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५१८, अध्यक्षमा ३ हजार ३९२, उपप्रमुखमा २ हजार १७४, उपाध्यक्षमा २ हजार ४०७, वडाअध्यक्ष ३५ हजार ३८०, महिला सदस्य २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ ।

३३ जिल्लामा मतपत्र ढुवानी

वैशाख १५ गतेसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।

आयोगले स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ को दफा ५ को उपदफा (१) मा उल्लेख भएको जनशक्तिको अतिरिक्त मतपत्र रुजु गरी पठाउन महानगरपालिकाको हकमा सोही निर्देशिकाको दफा ५ (९) बमोजिमको अवधिभरको लागि शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारीचालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय गरेको छ ।
सूचनाको प्रबन्ध
आयोगले गत चैत ३० गतेदेखि निर्वाचन आयोग नेपाल र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रूपमा निर्वाचन आयोगको औपचारिक रूपमा शुरू गरेको भाइबर ग्रुपको प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालालाई समयसापेक्ष, अद्यावधिक र सही सूचना उपलब्ध गराउने छ । यो प्लेटर्फमको प्रयोग गरी नागरिक र निर्वाचन सरोकारवालाहरूले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । यस समूहमा सामेल हुन x’g https://vb.me/ecn (Election commission Nepal) लिब्क प्रयोग गर्नु पर्नेछ । मतदान स्थल तथा काठमाडौँ—निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का सम्बन्धमा उम्मेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा विभिन्न स्थानीय तहमा रहेका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निकासाका लागि प्राप्त भएका विषयहरूलाई सम्बोधन गरी पठाएको छ । आयागले देहाय अनुसार गर्नु उपयुक्त हुने भनी पठाएको सोको विवरण निम्नानुसार रहेको :
१. एकै दलका एकै पदमा दुई वा सो भन्दा बढी उम्मेदवारको मनोनयन पत्र पेश भएकोमा यस सम्बन्धमा आयोगबाट च.नं.९६ मिति २०७९÷१÷१३ को पत्रबाट स्पष्ट पारिसकिएकोले सोही अनुसार दलको तर्फबाट आधिकारिकता सुनिश्चित गरी गर्ने । यसरी दलको आधिकारिकता सुनिश्चित गर्दा कुनै द्विविधा भएमा दलको केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारीले उम्मेदवार यकिन गरी निर्वाचन अधिकृतलाई दिएको पत्रलाई आधार मान्ने । यसरी दलको उम्मेदवारको आधिकारिकता सुनिश्चित हुने पत्र प्राप्त हुन नसकेमा पहिले दर्ता भएको मनोनयन पत्रलाई कायम गरी अन्य मनोनयन पत्र खारेज गर्ने ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv