मनाङको चामे गाउँपालिमा एमाले उम्मेदवार विजयी
मनाङ,बैशाख ३१ । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्। यसअघि पनि गाउँपलिका अध्यक्ष रहेका लोकेन्द्रबहादुर घले पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।
घलेले ३ सय २० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन् ।
प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् । चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार औपचारिक घोषणा हुन भने बाँकी छ ।