बाह्रबिसे नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेस प्यानल बिजयी

सिन्धुपाल्चोक,बैशाख ३१ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका आङ दोर्जे शेर्पा निर्वाचन भएका छन् ।

शनिबार बिहान सार्वजनिक भएको अनौपचारिक नतिजाअनुसार शेर्पाको पूरै प्यानल विजयी भएको छ । कांग्रेसका उम्मेदवारहरु एमालेका उम्मेदवारहरुभन्दा दोब्बर मतले विजयी भएका छन् ।

यो वडामा कांग्रेसबाट मेयर बालकृष्ण बस्नेत र उपमेयरमा मञ्जु तामाङ अत्याधिक मतसहित अग्रता लिएका छन् ।

वडा नं. १ मा १२ सय मत गणना भएको थियो । वडा नं. २ मा पनि एमालेका उम्मेदवारहरु निकै पछाडि छन् ।

बाह्रबिसे नगरपालिकाका मेयर एवम् एमालेका नेता निमफुन्चु शेर्पाको वडामा समेत कांग्रेसले जबरजस्त दोब्बर मतले अग्रताका साथ जित्ने तयारीमा छ ।

बाह्रबिसे नगरपालिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको घर रहेको नगरपालिका पर्छ । अघिल्लो पटक बाह्रबिसेमा एमालेले जितेको थियो । यस पटक एमालेले बाह्रबिसे नगरपालिका गुमाउँदै छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv