विभिन्न क्षेत्रका प्रतिष्ठित ६ जना व्यक्तित्वलाई सम्मान स्वरसम्राट नारायण गोपालको २८औं स्‍मृति दिवस सम्पन्न

काठमाण्डौ, १९ मङ्सीर । स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाली सांगितिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएका स्वर सम्राट नारायण गोपालको स्मृतिमा काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

यसै अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको विभिन्न क्षेत्रमा अतुलीय योगदान पुर्‍याउनुभएका वरिष्ठ संगीतकार कर्म योञ्जन, वरिष्ठ अभिनेता नीर शाह, गीतकार दिनेश अधिकारी, राजेन्द्र रिजाल, वरिष्ठ चिकित्सक डा. दीर्घसिंह बम र अर्थशाष्त्री विश्वम्भर प्याकुरेललाई ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान गरिएको छ ।

नारायण गोपाल संगीत कोषले समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ६ जना व्यक्तित्वलाई सम्मान प्रदान गरेको हो ।

 

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv