कतारी राजकुमारी ले गरिन सगरमाथा को सफल आरोहण

काठमाण्डौ,जेठ १४ । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । साथै, उनले आफ्नो मुलुकमा हुन लागेको फिफा विश्वकप फुटबल खेलको अफिसियल फुटबल सगरमाथा चुचुरोमा पुर्याएकी छन् ।

एलिट एक्स्पेडका प्रबन्धक अशोक राईले थानी सगरमाथा आरोहण गर्न सफल भएको बताए । थानीले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन् । उनले यसअघि कञ्चनजंगाको सफल आरोहण गरेकी थिइन् ।
थानी सहभागी टिमको गाइड कीर्तिमानी आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमार्फत पनि थानीको आरोहण सफल भएको बताएका छन् । थानी सगरमाथाको आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्।

उनी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने योजनामा छिन् । अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर)को सफल आरोहण गरी थानी सगरमाथा आरोहणका लागि नेपाल आएकी हुन् ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv