हेल्प नेपाल नेटवर्क द्धारा एनएसटी बोर्ड अफ ट्रस्टीका संयोजक भण्डारी लाई सम्मानपत्र हस्तान्तरण

काठमाण्डौ,असार ५ । हेल्प नेपाल नेटवर्कले दोलखाको राजकुलेश्वर आधारभुत विद्यालय भवनको निर्मामा सहयोग गरेबापत नेप्लीज सोसाईटी अफ टेक्सासलाई सम्मान पत्र प्रदान गरेको छ । सम्मानपत्र नेप्लीज सोसाईटी अफ टेक्सासका पुर्व महासचिव तथा एनएसटी बोर्ड अफ ट्रस्टीका संयोजक भक्त बहादुर भण्डारीलाई बिशेष भेटघाटमा हस्तान्तरण गरेको हो ।

संस्थालाई दिएको सम्मानपत्र हस्तान्तरण गर्दै हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतले आभार प्रकट गर्दै संस्थाले लगाएको गुनलाई कहिल्यै नबिर्सने र आगामी दिनमा पनि संस्थाबाट सहयोग प्राप्त हुने आशा ब्यक्त गर्नु भयो ।

सम्मान पत्र हस्तान्तरण बिशेष भेटघाटमा संस्थाका रोसेन्द्र खडका,आयुशी बिष्ट सदस्यहरुको उपस्थी रहेको थियो । सम्मानपत्र ग्रहण गर्दै भण्डारीले प्रवासमा रहेर पनि नेपाली माटोमा केही गर्ने अवसर प्राप्त भएकोमा टेक्सासवासी र संस्थाको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखामा रहेको राजकुलेश्वर आधारभुत विद्यालय भवनको निर्माण कार्यका लागि नेप्लीज सोसाईटी अफ टेक्सासले ३० लाख रकम सहयोग गरेको हो । दाताको ५ करोड ४५ लाख १६८ रुपैयाँ लगानीमा विद्यालय भवनको पूनर्निर्माण सम्पन्न भएको हो ।

२०७२ सालमा भुकम्पले विद्यालय भवन ध्वस्त भएपछि विद्यार्थीरु टहरोमा अध्ययन गरिरहेका थिए । हेल्प नेपाल नेटवर्कलेको अगुवाइमा भवन निर्माणको कार्य सम्पन्न भएको हो ।
भवन निर्माणको समन्वय स्थानीय राजहिटी समाज, दोलखा ले गरेको थियो भने मुख्य सहयोगीहरुमा रोटरी क्लव अफ पाटन दरवार स्क्वायर र नेप्लीज सोसाईटी अफ टेक्सास रहेका थिए । उपभोक्ताहरुबाटै विद्यालय भवनको निर्माण गरिएको थियो ।

नवनिर्मित विद्यालय भवनमा एक बैठक कक्ष सहित २६ कोठाहरु रहेका छन् । भूइँतल्ला सहित तिन तल्ला रहेको भवन पुरातात्वीक शैली झल्कने गरि निर्माण गरिएको छ । विद्यालयमा बाल कक्षा देखि कक्षा आठ सम्म अध्ययन अद्यापन हुने गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv