साहित्यकार तथा समाजसेवी सर्वज्ञ वाग्ले अनेसासको बरीष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा

साहित्यकार तथा समाजसेवी सर्वज्ञ वाग्ले ले अनेसासको बरीष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिनु भएको छ । लामो समय देखी एनआरएनए सदस्य भई काम गरेको र अनेसास अनलाईन साहित्य संवाद चलाउंदै आउनु भएका वाग्लेले यस पटक संस्थाको अधिकारिक पदाधिकारी भई संस्थामा थप सेवा गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनु भएको छ ।

सामाजिक संजालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै “मैले संस्थालाई आर्थिक भार नलगाई २ (दुई) वर्षसम्म प्रत्येक हप्ता अनेसास अनलाईन साहित्य संवाद चलाई रहें । त्यतिमात्र कहॅा हो र …? ट्रस्टिजका कतिपय कार्यक्रम, भवन निर्माण संबन्धि कार्यक्रम, पुरस्कार कमिटिका कार्यक्रम, च्याप्टरको एजियम, अनेसास विश्व सम्मेलन लगायतका जुमबाट हुने कार्यक्रम सबै मैले मेरै साधन र स्रोतबाट गरेको छु । मेरो सिद्धान्त नै संस्थालाई दिन जाने हो तर संस्थावाट लिने संस्थालाई मागिखाने भॅाडो बनाउने भनेको पाप हो । त्यसैले मैले काम निरन्तर गरिरहें । म कुरा भन्दा काम गर्न रुचाउॅछु । ” भन्नु भयो ।

“संस्थामा बसेर संस्थालाई केही कुरा दिन सकिन्छ भन्ने लाग्यो । एनआरएनएमा गरेको कामको अनुभवलाई प्रयोग गर्दै प्राविधिक विज्ञहरूको समितिसमेत गठन गरी सदस्यहरूले परिचयपत्र आफैं प्रिन्ट गर्न सक्ने र साहित्यिक रचना डिजिटल रूपमा प्रकाशन गर्न सक्ने र अनेक विधामा प्रशिक्षणको व्यवस्था मिलाउने कार्य गर्नेछु । साथै आजीवन सदस्यको हक र अधिकारको सुरक्षा गर्न ठोस योजना ल्याउनेछु ।

साहित्यकारको संस्था भनेको मंदिर हो, साहित्यको विश्वविद्यालय हो । यस संस्थालाई मंदिर तथा साहित्यिक वाटिका बनाउन प्रयत्न गर्नेसॅग मेरो सदैव सहकार्य र सहमति रहनेछ ।”
अनेसासको चुनाव आगामी जुलाई ९ र १० गते हुने ई-भोटिङमा मार्फत  हुँदैछ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv