चलचित्र क्याप्टेनको ‘रहर छ सँगै’ बोलको गीतको भिडियो सार्वजनीक

काठमान्डौ २७ मङ्सीर । बहुप्रतिक्षित चलचित्र क्याप्टेनको प्रेमरसमा आधारित ‘रहर छ सँगै’ बोलको गीतको भिडियो सार्वजनीक भएको छ । बिहीवार क्यु एस सिनेमा हलमा चलचित्र क्याप्टेनका सबै जसो कलाकारको उपस्थितिमा पत्रकार माझ उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

सुगम पोखरेल र अन्जु पन्तको आवाज रहेको उक्त गीतमा दिग्गज धौरालीको शब्द,अर्जुन पोखरेलको संगीत र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्रका नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई उक्त भिडियोमा देख्न पाईन्छ । चलचित्रलाई भुवन के सी ले निर्माण गरेका हुन भने दिवाकर भट्टराईले निर्देशन गरेका छन । चलचित्रमा अनमोल र उपासनाको साथमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र फागुन १७ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv