चलचित्र “वीराङ्गना” असार २९ मा आउने निश्चित
काठमाडौं , ३ बैशाख । शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित देश भर चलचित्र वीराङ्गना असार २९ मा रिलिज हुने निस्चित भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जन्म दिनमा चलचित्रको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु शसस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थ, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै चलचित्रको रिलिज डेट निस्चित गरेको हो ।
चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बिके फिल्मस् का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले लिएका छन् । नारी प्रदान चलचित्रलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रमा शिल्पा र अनुप विक्रमका अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने उक्त चलचित्रमा श्री श्रेष्ठको एक्शन समावेश छ ।