फिल्म ‘गोपी’को ट्रेलर सार्वजनिक

काठमाडौं,४ पुष । विपिन कार्कीको नयाँ फिल्म ‘गोपी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौमा एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको
हो । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य पात्र विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का लगायतका कलाकार अटाएका छन् ।

सिनेमामा भोलाराज सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँवाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाई, केशव राई, कमलमणी नेपाल, अर्पुभ गौतम, गणेश मुनाल, रामबाबु रेग्मी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

माघ १८ मा रिलिज हुने सिनेमालाई घामपानी फेम दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। सिनेमामा दिपेन्द्र लामाको कथा, सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, गोविन्द राईको कोरियोग्राफी, न्यु बज्राचार्य, अर्जुन पोखरेल, कल्याण सिंहको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv