निर्वाचनमा पैसाको प्रभाव र यसको विकृति’ शीर्षकमा कार्यशाला सम्पन्न

काठमाण्डौं,भदौ ३० । ‘निर्वाचनमा पैसाको प्रभाव र यसका विकृति’बारे काठमाडौंमा एक कार्यगोष्ठीको आयोजना गरिएको छ ।

भूगोलपार्क संस्थाले आज (बिहीबार) उक्त कार्यशालाको आयोजना गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर भूगोलपार्कले निर्वाचनसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको छ ।

आजको कार्यक्रममा पूर्व मुख्यसचिव लिलामणि पौड्याल, पूर्व डिआईजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सहभागी बक्ताहरुले निर्वाचन निस्पक्ष बनाउन आर्थिक चलखेल चल्ने गरे पनि रोक्न मतदातालाई नै सचेत गराउनु जरुरी रहेको देखिन्छ भन्नु भयो । २ घन्टा चलेको कार्यशालामा भूगोल पार्कले आफ्नो योजनाको बारे जानकारी गराएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv