राजेन्द्र र आनन्द पहिलो

काठमाडौं, असोज ६ । गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् ।

काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा पौडेललाई ११–८, ८–११, १२–१० र ११–३ को सेटमा पराजित   गरे । ललितपुरका किरण व्यञ्जनकार र एनिजका प्रकाश धाक्वा तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ६० वर्षमाथि फाइनलमा आनन्दले आदर्श विद्या मन्दिर (एभीएम) का मदन आचार्यलाई ११–२, ११–४ र ११–७ को सोझो सेटमा हराए । डिल्लीबजारका पूण्य पौडेल र कान्तिपुर भ्याली पिङपोङ क्लबका जगदीशवरप्रसाद जोशी तेश्रो बने ।

जुनियर गल्र्स यु–१९ सिंगल्समा मोर्डन कलेजकी दिया देउलाले नेपाल आर्मीकी सुस्मिता खड्कालाई १७–१५, १४–१२ र ११–७ तथा एपीएफकी वियंका राईले केकेएम÷एनआरटीकी अन्जु सुवाललाई ११–८, ११–७ र ११–६ को सीधा सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । सोही स्पर्धाको ब्वाइजमा मकवानपुरका विशाल गोले, केकेएम÷एनआरटीका धनन्जय दाहाल र हिमाल विष्ट तथा एपीएफका रुविन महर्जन सेमिफाइनलमा पुगे ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv