‘जय श्री दाम’ प्रदर्शन पहिले यु ट्युबमा (भिडियो)

काठमाडौं १० पुष । कमेडी तथा थ्रिल जनराको चलचित्र ‘जय श्री दाम’ को प्रिभ्यु भिडियो सार्वजनिक गरिएको छ । चलचित्र पुष २० बाट मात्रै सार्बजनिक प्रदर्शनमा आउनेछ तर निर्माण टिमले प्रिभ्यू भन्दै पहिलो हाफको १५ मिनेट एक औपचारिक कार्यक्रम नै गरेर सार्बजनिक गरेको छ ।

चलचित्रको प्रिभ्यू यु ट्युबमा पनि राखिएको छ प्रदर्शन पहिले नै यसरि प्रचारको बहानामा यो प्रकारको प्रयोग पहिलो पटक हो । निर्देशक बिप्लप उप्रेती यो प्रकारको प्रयोगमा कन्फिडेन्स देखिएका छन् । उप्रेतीको यो डेब्यु निर्देशन हो । पृथ्वी उप्रेती र मनोज उप्रेतीद्वारा निर्मित चलचित्रमा अमृत ढुंगाना , जेबिका कार्की , प्रमोद अग्रहरी , रञ्जन खतिवडा, बिनोद न्यौपाने,बिष्णु सापकोटाको मुख्य अभिनय रहेको छ ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’ मा मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । चलचित्रमा संगीत सुशान्त गौतमको रहेको छ ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको ‘जय श्री दाम’को कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह- निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv