एमालेलाई पहिलो पार्टी बनाउँछु, काँग्रेस माओवादीलाई ढाल्छु भन्दै धनगढी पुगे ओली

काठमाण्डौं,कार्तिक १८ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा बिहीबार उनी धनगढी पुगेका हुन् ।

अध्यक्ष ओली शुक्रबार दार्चुलामा आयोजना हुने चुनावि सभालाई सम्बोधन गर्न दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश कमिटि सचिव धर्मराज पाठकले बताए ।

ओलीले आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थालेको छ । ‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो,’ प्रदेश सचिव पाठकले भने ‘त्यो हाम्रो ठूलो उपलब्धी पनि हो । त्यसैले चुनावि अभियान पनि दार्चुलाबाटै सुरु गरी हाम्रो भूमि आम्रै अधिकारमा ल्याउन पहल गरिने सन्देश दिइने छ ।’

दार्चुला सदरमुकाम खलंगामा शुक्रबार  बिहान ११ बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । सोहिदिन नै ओलीले २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने सभामा पनि सम्बोधन गर्ने कार्यतालिका रहेको सचिव पाठकले बताए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv